मेल्लेख ५ साउन
मेल्लेखमा पालिका स्तरीय रूपान्तरण आल्मुनिको समिक्षात्मक बैठक सम्पन्न भएको छ।
बैठक पालिका स्तरीय रुपान्तरण आल्मुनीका संयोजक दुर्गा बि.क.काे अध्यक्ष्यतामा सम्पन्न भएको हाे।
बैठक तथा समिक्षा कार्यक्रममा रुपान्तरण कलासका पुर्ब सहभागीहरुले आफुले सिके जानेका सीप तथा ज्ञान लाई आफ्नो टाेल, समुदाय,बिद्यालय , तथा घरमा सिकाउने र लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
रुपान्तरण कलास प्रभावकारी रहेकाे भन्दै आगामी दिनमा पनि ह गाउँपालिका तथा स्थानीय सरकार र प्रत्येक वडा स्तरको स्थानीय सरकारले यस्ता रूपान्तरण कक्षाहरू सञ्चालन गरिदिएको भए थप समुदाय रुपान्तरणका लागि प्रभावकारी हुने विश्वास व्याक्त गरेका छन।
समाजमा बढ्दो बालविवाह न्यूनीकरण र कुसंस्कारको रुपमा रहेको छाउपडी प्रथालाई न्यूनीकरणका लागि पालिकाले ठोस नीति तथा कार्ययोजना बनाइ कार्यान्वयन गरिदिन हुन गाउँपालिका तथा स्थानीय सरकारलाई अनुरोध समेत गरेका छन्।
बैठक तथा समीक्षा कार्यक्रमको सहजीकरण आस्था नेपालका बाल संरक्षण अधिकृत भ्वानसिंह सार्की र सामाजिक परिचालक बलबहादुर बिकले गरेका थिए।



