समाचार

मेल्लेखमा पालिका स्तरीय परियोजना परिचयात्मक बैठक सम्पन्न

असाेज २४ मेल्लेख
अछामको मेल्लेख गाउँपालिकामा पालिका स्तरीय परियाेजना परिचयात्म बैठक सम्पन्न भएकाे छ ।
वल्र्ड भिजन इन्टरनेशनल नेपाल काे साझेदारीमा संचालित वाक नेपाल एकीकृत उत्थानशिल जिविकाेपार्जन तथा पाेषण परियाेजना र आस्था नेपालकाे बाल संरक्षण तथा बाल स्पाेनसरसिप परियाेजना अन्तर्गत परियाेजना मार्फत आगामी बर्ष २०२४ मा गर्ने क्रियाकलाप बारे जानकारी गरएकाे छ।
बैठक मा आस्था नेपाल मार्फत बाल संरक्षण बाल स्पाेनसरसिप परियाेजना अन्तर्गत मेल्लेखकाे ८ वटै वडा मा सुरक्षित सम्मानित ,ससक्त र समृद्ध बालबालिका बनाउने उदेश्य का लागि १ कराेड १८ लाख भन्दा बढिकाे अनुमानित बजेट अस्था नेपाल परियाेजना अधिकृत तपेन्द्र ठकुल्ला ले सार्वजनिक गर्नु भएकाे थियो ।
यस्तै वाक नेपाल द्वारा एकीकृत उत्थानशि जिकिकाेपार्जन तथा पाेषण परियाेजना अन्तर्गत जाेखिम तथा विपन्न परिवार काे जिविकाेपार्जनमा सहयोग पुर्‍याउने उदेश्यले आगामी बर्षका लागी अन्य विभिन्न क्रियाकलाप संचालन गर्न १ कराेड ९ लाख भन्दा बढिकाे अनुमानित बजेट वाक नेपाल परियोजना अधिकृत निरन्जना पनेरुले सार्वजनिक गर्नु भएकाे थियाे ।
बैठकमा वाक र आस्था नेपाल मार्फत २०२३ भए गरेका कामकाे समिक्षा र २०२४ मा गर्नुपर्ने क्रियाकलापकाे सराेकारवाला समक्ष सुझाव संकलन तथा छलफल गरिएको थियाे ।

मेल्लेख गाउँपालिका वडा न. २ का वडा अध्यक्ष कुसलराज बुढाकाे अध्यक्ष्यतामा भएकाे बैठक का प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद रहनु भएकाे थिए। साउदले वल्र्ड भिजन इन्टरनेशनल नेपालकाे साझेदारीमा आस्था नेपाल र वाक नेपालले मेल्लेख गाउँपालिका काे समन्वय मा थुप्रै क्रियाकलाप संचालन गरि प्रभावकारी कार्यनयन भइ समुदाय रुपान्तरणमा सहयोग पुगेको भन्दै संस्थालाई धन्यवाद दिनुभएको छ ।

आगामी दिनमा पालिकाकाे समन्वयमा संस्था मार्फत संचालन गरिने क्रियाकलाप निरन्तर,अनुगमन साझेदारीकाे लागि विशेष पहल गरिने बगाएका छन।
थप कार्यक्रम मेल्लेखमा रहेकाे ग्राम उद्योग संगै जाेडेर व्यावसाय र उद्योग संचालनमा सहयोग पुग्ने गरि कार्यक्रम लैजानुपर्नेमा जाेड दिनु भएको थियो ।

बैठकमा वाक नेपाल संचालक समिति वाेर्ड सदस्य सुरत खड्काले मेल्लेख गाउँपालिका काे समन्वयमा संस्थाले गर्ने हरेक क्रियाकलाप याे बर्ष पनि प्रभावकारी रुपामा कार्यनयन गरिने बताएका छन ।

आस्था नेपालका जिल्ला कार्यसमिति वाेर्ड सदस्य गंग बहादुर बुढाले संस्था मार्फत भए गरेका काम काजकाे निरन्तरता का लागि पालिकाकाे सहयोग र प्रभावकारी अनुगमन गरिनुपर्ने जनाएका छन ।

बैठकमा सहभागी ८ वटै वडाका वडाअध्यक्षहरु र विषयगत शाखा प्रमुख , सराेकारवालाहरुरुले संस्थाले गरेकाे काम समुदाय रुपान्तरणमा निकै सहयोग पुगेको भन्दै प्रसंसा गरेका थिए ।

बैठक मा वाक नेपालका अनुगमन सयाेंजक जगत रावल लगायत संस्थाका समाजिक परिचालकहरुकाे उपस्थित रहेकाे थियाे ।
बैठक काे संचालन आस्था नेपालका सामाजिक परिचालक प्रेम बहादुर साउदले गर्नु भएकाे थियाे ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/