समाचार

मेल्लेखमा पालिका स्तरीय स्थानीय बालअधिकार समितिकाे बैठक सम्पन्न

अछामको मेल्लेख गाउँपालिका मा स्थानीय बालअधिकार समिति काे बैठक सम्पन्न भएकाे छ ।                                                                मेल्लेख गाउँपालिका बाल अधिकार समितिकाे आयाेजना आस्था  नेपालकाे साझेदारी वल्र्ड भिजन इन्टरनेशनल नेपालकाे  सहयोगमा  बैठक सम्पन्न भएकाे हाे ।

मेल्लेख गाउँपालिका कार्यवाहक अध्यक्ष प्रकाश अधिकारी काे अध्यक्षतामा भएको बैठकमा बालबालिकाकाे लागि  तयार गरिएको पन्च् बर्षिय रणनीतिक याेजनालाई कार्यपालिका बाट पास गर्ने निर्णय गरेकाे छ ।

यस्तै बालबालिकाकाे निमित्त बाल बिबाह न्युनिकरण सम्बन्धि रणनीतिक याेजना लाई पनि पास गर्ने निर्णय गरेकाे छ । पालिकाकाे समन्वय र वल्र्ड भिजन ईन्टरनेश्नल साझेदारीमा आस्था नेपालकाे सहयोगमा मेल्लेख गाउँपालिका अन्तर्गतका वडाहरुमा संचालन भैरहेको  रुपान्तरण कक्षा प्रभावकारी रहेकाे भन्दै साे कक्षालाइ  निरन्तरताका  लागि पनि थप पालिका बाट पनि  सहयोग गर्ने लगायतका निर्णय गरिएको छ।

बैठकमा  मेल्लेखका वडा अध्यक्षहरु स्थानीय बाल अधिकार समितिका पदाधिकारीहरु सहभागिता रहेकाे बैठकको  संचालन तथा सहजिकरण आस्था नेपालका बाल संरक्षण अधिकृत तथा स्थानीय बाल अधिकार समिति सदस्य भ्वान सिह सार्की ले गर्नु भएको थियो ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/