समाचार

मेल्लेखमा पालिका स्तरीय बालअधिकार समितिको नियमित बैठक सम्पन्न

जेठ २७ मेल्लेख
अछामको मेल्लेख गाउँपालिकामा पालिका स्तरीय बालअधिकार समितिको बैठक आइतबार सम्पन्न भएको छ।
आस्था नेपाल वल्र्ड भिजनकाे सहयोग र मेल्लेख गाउँपालिका स्तरीय बालअधिकार समितिको आयाेजनाम बैठक सम्पन्न भएको हाे ।
मेल्लेख गाउँपालिका उपाध्यक्ष तथा बाल अधिकार समिति सयाेंजक नृप बहादुर खड्काकाे अध्यक्षयतामा भएको बैठकमा ,बालबालिकाकाे क्षेत्रमा रकम विनियोजनकाे लागि आगामी गाउँ सभामा बालबालिकाकाे कार्ययोजना सहित आवश्यक बजेट माग गर्ने मेल्लेखमा बाल मैत्री स्थानीय शासन वडा घाेषणाकाे तयारीमा रहेका वडामा अभियान कै रुपमा कार्यक्रम अगाडि बढाउने मेल्लख मा  रहकाे बालअधिकार समिति र आस्था नेपाल काे सझेदारिमा मेल्लेख मा संचालित विभिन्न  क्रियाकलाप र बालबालिका का लागि  यश अघि  तयार गरिएकाे कार्ययोजना कार्यनयन  बिषयमा  समिक्षा गरिएकाे छ।
यस्तै  मेल्लख गाउँपालिका र अस्था नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपाल काे सहयोगमा स्थापना गरिएको बाल काेष बाट मेल्लख गाउपालिका अन्तर्गत का वडा बाटअनाथ , अति जाेखिममा रहेका १६ जना  बालबालिकालाई छनाेट गरि अवश्यक  शैक्षिक सामग्री सहयोग गरिने , ।
यसै गरि  बालबालिका काे समस्य समाधान काे लागि मेल्लख गाउँपालिका बालअधिकार समिति मार्फत  बाल काेषकाे स्थर बढाउने लगायतका निर्णय गरेका छन

बैठक मा  मेल्लेख गाउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढा लगायत स्थानीय बालअधिकार समितिका पदाधिकारीकाे सहभागी हुनुभएको बैठकको सहजिकरण तथा संचालन आस्था नेपालका बाल संरक्षण फिल्ड अधिकृत तथा बाल अधिकार समिति सदस्य भ्वानसिह सार्की ले गर्नु भएको थियाे ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/