असाेज १९ मेल्लेख
अछामको मेल्लेख गाउँपालिका मा पालिका स्तरीय परियाेजना परिचयात्मक बैठक सम्पन्न भएकाे छ ।
वल्र्ड भिजन इन्टरनेशनल नेपाल काे साझेदारीमा संचालित वाक नेपाल एकीकृत उत्थानशिल जिविकाेपार्जन तथा पाेषण परियाेजना र आस्था नेपालकाे बाल संरक्षण तथा बाल स्पाेनसरसिप परियाेजना अन्तर्गत परियाेजना मार्फत आगामी बर्ष २०२५ मा गर्ने क्रियाकलाप बारे जानकारी गराएकाे छ।
बैठक मा आस्था नेपाल मार्फत बाल संरक्षण बाल स्पाेनसरसिप परियाेजना अन्तर्गत मेल्लेखकाे ८ वटै वडा मा सुरक्षित सम्मानित ,ससक्त र समृद्ध बालबालिका बनाउने उदेश्य का लागि ६७ लाख भन्दा बढिकाे अनुमानित बजेट प्रस्तुत गरिएको थियो । साथै पालिकामा अपांगता भएका व्यक्तिहरुका लागि स्वास्थ शिविर संचालनमा सहकार्य सहित आवश्यकता मा आधारित सामग्री सहयोग ,गाउँपालिकाका बालबालिकाहरुकाे वस्तु स्थिति पत्र निर्माण र बाल मैत्री वडा घाेषण जस्ता कार्यक्रलाई पहिलो प्राथमिकता राखेको परियाेजना अधिकृत तपेन्द्र ठकुल्लाले बताएका छन ।
यस्तै वाक नेपाल द्वारा एकीकृत उत्थानशि जिकिकाेपार्जन तथा पाेषण परियाेजना अन्तर्गत जाेखिम तथा विपन्न परिवार काे जिविकाेपार्जनमा सहयोग पुर्याउने उदेश्यले आगामी बर्षका २०२५ काे लागी अन्य विभिन्न क्रियाकलाप संचालन गर्न अनुमानित १ कराेड १३लाख भन्दा बढिकाे बजेट सहित आवश्यकता काे आधारमा कार्ययोजना तयार गरिएको वाक नेपाल परियोजना सयाेंजक अनु बस्नेतले जानकारी गराउनु भएकोे थियोे ।
बैठकमा वाक नेपाल र आस्था नेपाल मार्फत २०२४ भए गरेका कामकाे समिक्षा र २०२५ मा गर्नुपर्ने क्रियाकलापकाे सराेकारवाला समक्ष सुझाव संकलन तथा छलफल गरिएको थियाे ।
वाक नेपाल कार्यसमिति वाेर्ड अध्यक्ष मीन बहादुर कुवरकाे अध्यक्ष्यतामा भएकाे बैठक का प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद रहनु भएकाे थिए। साउदले वल्र्ड भिजन इन्टरनेशनल नेपालकाे साझेदारीमा आस्था नेपाल र वाक नेपालले मेल्लेख गाउँपालिका काे समन्वय मा थुप्रै क्रियाकलाप संचालन गरि प्रभावकारी कार्यनयन भइ समुदाय रुपान्तरणमा सहयोग पुगेको भन्दै संस्थालाई धन्यवाद दिनुभएको छ। आगामी दिनमा पालिकाकाे समन्वयमा संस्था मार्फत संचालन गरिने क्रियाकलाप निरन्तरता दिनुपर्ने भन्दै कामकाे मुल्यांकन अनुगमन, साझेदारीकाे लागि विशेष पहल गरिने बगाएका छन।
आगामी कार्यक्रम मेल्लेखमा रहेकाे ग्राम उद्योग तथा वडामा संचालन गरिएका साना उद्योग संगै जाेडेर व्यावसाय र उद्योग संचालनमा सहयोग पुग्ने गरि पालिकाकाे साझेदारीमा थप कार्यक्रम लैजानुपर्नेमा पनि जाेड दिनुभएको थियो ।
बैठकमा वाक नेपाल कार्यक्रम व्यावस्थापक चेतराज जाेसीले बैठकमा उठेका सवाल हरुकाे जवाफ सहित बैठकको सहजिकरण गर्नु भएको थियाे । उहाले मेल्लेख गाउँपालिका काे समन्वयमा संस्थाले गर्ने हरेक क्रियाकलाप याे बर्ष पनि प्रभावकारी रुपामा कार्यनयन गरिने बताए।
बैठकमा सहभागी ८ वटै वडाका वडाअध्यक्षहरु र विषयगत शाखा प्रमुख , पत्रकार लगायत ,बाल प्रतिनिधि सराेकारवालाहरुरुले संस्थाले गरेकाे काम समुदाय रुपान्तरणमा निकै सहयोग पुगेको भन्दै प्रसंसा गरेका थिए। आगामी बर्ष गर्नुपर्ने काम बारे सुझाव राखेका थिए। बैठक मा आस्था नेपालका फिल्ड अधिकृत भ्वान सिह सार्की पुरन मगर लगायत संस्थाका समाजिक परिचालकहरुकाे उपस्थित रहेकाे थियाे ।
आस्था नेपाल जिल्ला कार्यसमिति वाेर्ड सदस्य गंग बहादुर बुढाकाे स्वागत मनतव्य बाट सुरु भएको बैठक संचालन वाक नेपाल सामाजिक परिचालक भुपेन्द्र भण्डारीले गर्नु भएकाे थियाे ।
साथै एक आपसमा विजय दशमीकाे शुभकामना आदन प्रदान पनि गरिएको थिया ।



