पुस ९ मेल्लेख
अछामको मेल्लेख गाउँपालिका कृषि विकास शाखाको आयाेजनामा पालिका स्तरीय बेमौसमी तरकारी खेती सम्बन्धि २ दिने तालिम मंगलबार सम्पन्न भएको छ ।
मेल्लेखका कृषकलाई बेमौसमी तरकारी उत्पादनमा वृद्धि कृषि पेशा बाट आत्मनिर्भर बनाई कृषि पेशा प्रति थप आकर्षित बनाउने र कृषिलाई अहिलेकाे आधुनिकता र कृषि प्रविधि संग जाेडने उदेश्यले तालिमको आयाेजना गरिएको हाे ।
मेल्लेख गाउँपालिका कृषि विकास शाखा अधिकृत मदन साउदकाे अध्यक्ष्यतामा समापन कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद रहनु भएको थिए।
अध्यक्ष साउदले समापनमा बाेल्दै कृषमा लगानी अनुसारको प्रतिफल प्राप्त गर्न सयम कृषकहरुनै जागरुक हुनुपर्ने बताएका छन , कृषि पेशालालाई व्यावसायिक बनाउन शाखा मार्फत थुप्रै कम भएको भन्दै यसको निरन्तरताका लागि कृषकहरुकाे नै इच्छाशक्ति हुनुपर्नेमा जाेड दिएका छन , तालिम समापनमा सहभागीकाे तर्फबाट बाेल्दै ,मनसरा खड्का, हरि बाेहरा ,दान बहादुर सार्किले तालिममा सिकेको कुरा कार्यनयन गर्नुपर्ने बताए ,
तालिम समापनमा मेल्लेख गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढा कृषि प्राबिधिक अमृत कुमार वली, सुमन चाैधरी लगायतको सहभागीता रहेकाे थियो ,
तालिममा मेल्लेखका २८ जना महिला पुरुष कृषकको सहभागिता थियो ,
तालिम समापन काे संचालन कृषि प्राबिधिक लाेकेन्द्र साउदले गर्नु भएको थियो ।
साेहि क्रममा कृषकलाई बेमौसमी तरकारी बिउ र कृषि सामाग्री हस्तान्तरण समेत गरेका थिए



