समाचार

मेल्लेखमा पालिका स्तरीय बालअधिकार समितिको  नियमित बैठक सम्पन्न

फागुन  ६ मेल्लेख

अछामको मेल्लेख गाउँपालिकामा पालिका स्तरीय बालअधिकार समितिको  नियमित बैठक मंगलबार   सम्पन्न भएको छ।

आस्था नेपाल वल्र्ड भिजनकाे सहयोग र मेल्लेख गाउँपालिका स्तरीय बालअधिकार समितिको आयाेजनामा बैठक सम्पन्न भएको हाे ।

मेल्लेख गाउँपालिका सामाजिक विकास समिति सयौंजक तथा वडा नम्बर ४ का वडा अध्यक्ष चन्द्र बहादुर साउदकाे अध्यक्ष्यतामा भएको बैठकमा मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद प्रमुख अतिथि रहनु भएका थिए ।  बैठकमा पालिका अन्तर्गतका वडाहरुमा  फरक क्षमता  भएका बालबालिका ,अपांगता भएका व्याक्तिहरुलाई सहयोग पुग्ने गरि आवश्यक सहायता  सामाग्री सहयोग गर्ने विषयमा छलफल गरिएको छ । यस्तै बालबालिकाका लागि हाल सम्म भए गरेका क्रियाकलापकाे समिक्षा पनि गरिएको थियो ।  बैठकमा मेल्लेख गाउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढा, स्थानीय बालअधिकार समितिका पदाधिकारी, आस्था नेपालका सामाजिक परिचालन बल बहादुर बिक  लगायतको  सहभागिता रहेकाे बैठकको सहजिकरण तथा संचालन आस्था  नेपालका  बाल संरक्षण फिल्ड अधिकृत  तथा बाल अधिकार समिति सदस्य भ्वानसिह सार्की ले गर्नु भएको थियाे ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/