समाचार

मेल्लेखमा पालिका स्तरीय परियोजना परिचयात्मक बैठक सम्पन्न 

जेठ २९  मेल्लेख

अछामको मेल्लेख गाउँपालिकामा पालिका स्तरीय परियाेजना परिचयात्मक बैठक  सम्पन्न भएकाे छ ।

युरोपियन युनियनको(European Union) आर्थिक सहयोगमा सञ्चालित समुन्नत पोषणको लागि समावेशी सुशासन (Inclusive Governance for Better Nutrition) परियोजना LI-BIRD को नेतृत्वमा सञ्चालित  WHH काे प्राविधिक सहयोगमा यो परियोजना सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा LI-BIRD र अछाम जिल्लामा WAC नेपाल बाट कार्यान्वयन भइरहेको छ। परियाेजना मार्फत  २०८२ देखि ०८४/०८५ सम्म मेल्लेख गाउँपालिकामा गर्ने कार्यक्रम बारे जानकारी  गरएकाे छ।

बैठकमा समुन्नत पाेषणका लागि समावेशी सुशासन   परियाेजना अन्तर्गत मेल्लेखकाे ८ वटै वडामा  पाेषण लगायत पाेषण सम्बन्धि हरेक क्षेत्रमा नितिगत पैरवी तथा वकालत गर्ने समुन्नत समाज निर्माण गर्ने  उदेश्यका लागि १६ लाख ३६ हजार ५ सय ८० बराबरको  बजेट प्रसतुत गरेकाे छ

बैठकमा पालिकाका  सराेकारवाला संग थप  सुझाव संकलन पालिका र परियोजनाकाे साझेदारी  तथा  परियोजना मार्फत प्रस्तुत गरिएको बजेट माथि छलफल समेत गरिएको थियाे ।

मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काको  अध्यक्ष्यतामा भएकाे बैठक का प्रमुख अतिथि  मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद  रहनु भएकाे थिए। साउदले  वाक नेपालकाे समुन्नत परियोजना र मेल्लेख गाउँपालिका काे समन्वय परियोजना मार्फत पाेषणकाे क्षेत्रमा गर्ने  क्रियाकलाप  प्रभावकारी रुपाम कार्यनयन गर्न सुझाव राख्नु भएको थियो ।

आगामी दिनमा  पालिकाकाे समन्वयमा परियोजना मार्फत  संचालन गरिने  क्रियाकलाप निरन्तरता दिनुपर्ने भन्दै कामकाे मुल्यांकन अनुगमन,  साझेदारीकाे लागि विशेष पहल गरिने बगाएका छन।

बैठक समापनमा बाेल्दै उपाध्यक्ष नृप बहादुर खड्काले परियोजना द्वारा गरिने  क्रियाकलापमा पालिकाकाे सदैब सहयोग रहने बताएका छन ।

बैठकमा   ८ वटै वडाका वडाअध्यक्षहरु र विषयगत शाखा प्रमुख , सराेकारवालाहरुरुकाे सहभागीता थियो ।

बैठकको सहजिकरण पाेषण परियोजना सयाेंजक  तपेन्द्र खड्का जिल्ला सयाेंजक कविता सुवेदीले गुर्नु भएको थियोे ।

बैठकमा  ८ वटै वडाका वडाअध्यक्षहरु र विषयगत शाखा प्रमुख , सराेकारवालाहरुरुकाे सहभागीता थियो ।
बैठकको सहजिकरण पाेषण परियोजना सयाेंजक तपेन्द्र खड्का जिल्ला सयाेंजक कविता सुवेदीले गुर्नु भएको थियोे ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/