बैशाख १५ मेल्लेख
अछामको मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश लाेक सेवा आयाेग द्वारा साेमबार अनुगमन गरिएको छ । अनुगमन पश्चात् मेल्लेख गाउँपालिकाका स्थानीय जनप्रतिनिधि तथा विषयगत शाखा प्रमुख संग हालकाे कर्मचारी दरबन्दी र सेवा प्रवाहकाे अवस्था बारे अन्तरक्रिया गरेकाे छ
मेल्लेख गाउँपालिकाका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष नृप बहादुर खड्काकाे अध्यक्ष्यतामा भएको अन्तरक्रिया कार्यक्रममा
प्रदेश लाेक सेवा आयाेगका सदस्य भागरथी रानाले प्रदेश लाेक सेवा आयाेगले हालसम्म गरेका काम काज र आगामी गर्नुपर्ने क्रियाकलाप बारे जानकारी गराउनु भएको छ ।
यस्तै प्रदेश लाेक सेवा आयाेग सदस्य लक्ष्मण खड्काले कर्मचारीले राखेका जिज्ञासाकाे जवाफ दिदै कर्मचारीका समस्य समाधानकाे लागि आफ्नो पहल महत्त्वपूर्ण रहने बताएका छन ।
अन्तरक्रिया कार्यक्रममा स्थानीय निजामती सेवा ऐन छिटो जारी गर्नुपर्ने बिषयमा पनि छलफल गरिएको छ ।
कार्यक्रम समापनमा बाेल्दै मेल्लेख गाउँपालिका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष नृप बहादुर खड्काले प्रदेश लाेक सेवा आयाेगलाई सुझाव राख्दै कर्मचारीको सवालमा आफू सधैं सहयोग गरिरहने र गाउँपालिका महासंघ प्रदेश सदस्यकाे हैसियतले कर्मचारीका सवाल प्रति आफू प्रतिबद्ध रहेकाे बताउनु भएको छ । उहाले पालिकामा आवश्यक दरबन्दी पद पुर्तिका लागि पनि पहल गरिने बताए ।
निमित्त प्रमुख प्रशासकीय तथा शिक्षा अधिकृत बिरेन्द्र बहादुर खड्काकाे स्वागत मनतव्यबाट सुरु भएको अन्तरक्रिया कार्यक्रमकाे संचालन प्रदेश लाेक सेवा आयाेग शाखा अधिकृत देवेन्द्र शाहले गर्नुभएको थियो ।
कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष कुसलराज बुढा वडा नम्बर ५ का वडा अध्यक्ष प्रकाश बहादुर अधिकारी लगायत शाखा प्रमुखको सहभागिता रहेकाे थियो।


