समाचार

मेल्लेखमा बाल संरक्षणकाे पन्चबर्षिय रणनीति कार्ययोजना कार्यनयनकाे अबस्था बारे समिक्षा

बैशाख ६ मेल्लेख
अछामको मेल्लेख गाउपालिकामा बाल संरक्षणकाे पन्चवर्षिय रणनीति अन्तर्गत दाेस्राे बर्षकाे समिक्षा तथा तेस्रो बर्षकाे कार्ययोजना निर्माण बारे १ दिने कार्यसाल सम्पन्न भएको छ ।

स्थानीय स्तरको अबस्था विश्लेषण बाट प्राप्त बालबालिकाका समस्याको सवाललाई समाधानको लागि निर्माण गरिएको पन्चबर्षिय रणनीति कार्ययोजना बारे कार्यशालामा छलफल गरिएको थियो ।

यस्तै कार्यशालामा बालबालिकाकाे सामाजिक न्यायका लागि आगामी गर्नुपर्ने क्रियाकलाप सहित २०७९ काे समिक्षा र ०८०काे लागि कार्ययोजना सहित तयार गरेकाे छ ।

कार्यशालामा वडा न .५ का वडा अध्यक्ष तथा सामाजिक विकास सयाेंजक प्रकाश अधिकारीले बालबालिका हालको सवाल र पछिल्लो अबस्था बारे जानकारी गराएका थिए ।

स्थानीय बाल अधिकार समिति सयौंजक तथा मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्का काे अध्यक्षतामा भएको कार्यशालामा मेल्लेखका ८ वटै वडाका वडा अध्यक्ष स्थानीय बाल अधिकार समितिका पदाधिकारी,प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा लगायतको सहभागिता रहेकाे थियो ।

स्थानीय बाल अधिकार समितिकाे आयाेजना आस्था नेपालकाे सहयोग र वल्र्ड भिजन इन्टरनेशनल नेपालकाे सझेदारिमा भएको कार्यशालामा आस्था नेपालका परियोजना अधिकृत तपेन्द्र ठकुल्लाले सहजिकरण गर्नु भएको थियाे । कार्यशालाकाे संचालन आस्था नेपालकै फिल्ड अधिकृत भ्वान सिह सार्किले गरेका थिए ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/