खेलकुद

मेल्लेखमा भलिबल र एथलेटिक्स सम्बन्धि ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु

मंसिर ७ मेल्लेख

मेल्लेख गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाकोआयोजनामा भलिबल तथा एथलेटिक्स खेलको शिक्षक प्रशिक्षक प्रशिक्षण तालिम सुक्रबार देखि मेल्लेखमा सुरु भएको छ। तालिमको मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले उद्घाटन गरेका थिए । उद्घाटन पछि बाेल्दै अध्यक्ष  साउदले मेल्लेख गाउँपालिका खेलकुदकाे क्षेत्रमा सदैब अगाडि रहेकाे भन्दै आगामी दिनमा बिद्यालय स्तर  बाटै आफ्नै दक्ष जनशक्ति उत्पादन गर्न तालिम महत्वपूर्ण हुने बताउनु भएको छ । अन्य खेलको पनि क्रमैसंग तालिम सञ्चालन गरिने बताएका छन । खेल क्षेत्रकाे विकासका लागि मेल्लेख गाउँपालिकाले कुनै कमि नराख्ने उहाँको भनाइ छ ।  मेल्लेख गाउँपालिका वडा न. ५ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता प्रकाश बहादुर अधिकारीले  खेलक्षेत्र लाई अहिले काे आधुनिकता र व्यावसायिक रुपमा अगाडि बढाउन खेल क्षेत्रमा लगानी बढाउनुपर्ने मा जाेड दिनुभएको छ । खेलकुदकाे थप विकासको लागि निशुल्क तालिमको आयाेजना गरिएको बताएका छन । मेल्लेख गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृ हिक्मत बहादुर बुढाले छरिएर रहेकाेकाे ज्ञान ,सीप र प्रतिभालाई एकीकृत गरि खेल क्षेत्रमा थप उर्जा थप्न तालिम महत्त्वपूर्ण हुने बताएका छन ।  तालिममा मेल्लेख गाउँपालिका खेलकुद प्रशिक्षक अर्जुनराज ढुङेनाले तालिमको उदेश्य उदेश्य बारे जानकारी गराएका थिए । मेल्लेखका १५ वटा बिद्यालयका  खेलकुद प्रशिक्षक काे सहभागिता रहेकाे तालिम उद्घाटनकाे संचालन मेल्लेख शिक्षा शाखाका  प्रेम बुढाले गरेका थिए । मंसिर ७ देखि १२ गते सम्म संचालन हुने तालिमको प्रशिक्षण सुदूरपश्चिम प्रदेश खेलकुद प्रशिक्षक लाल बहादुर बटालल गरिरहनु  भएको छ ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/