समाचार

मेल्लेखमा मंगलबार विपद् बारे कृतिम घट्ना देखाइने विपद् बारे प्रशिक्षण सम्पन्न

चैत ११ मेल्लेख

अछाम : गाेरख बक्स गण मंगलसेन ब्यारेक अछामले जिल्लाकाे मेल्लेख गाउँपालिकामा विपद् जाेखिम न्युनिकरण बारे प्रशिक्षण तथा कृत्रिम घटना अभ्यास सुरु गरेकाे छ । जस अन्तर्गत साेमबार प्रशिक्षण सम्पन्न भएको हाे ।

अन्तिम दिन मंगलबार कृत्रिम घटना अभ्यास गरिने छ ।साेमबार मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृप बहादुर खड्काकाे अध्यक्षयतामा सम्पन्न प्रशिक्षण गणका सेनानी अमृत खड्का जमदार सुवर्ण खड्का र स्वास्थ्यकर्मीले प्रशिक्षण दिनुभएको थियाे ।जहा आगलागी ,भुकम्प चट्याङ बाढिपहिराेकाे बेला बच्ने उपाय उद्दार,उपचार र राहतका विषयमा सहभागी हरुलाई जानकारी  गराएकाे छ ।

सहभागी करिब ९५ जना बढि सराेकारवालाहरुले मंगलबार जनता नमुना प्राबिधिक माविमा हुने कृत्रिम घटना अभ्यासमा सचेतना बिस्तार गरिने हुदा त्यसमा सर्वसाधारण समेतको उपस्थिति हुनुपर्नेमा जाेड दिएका छन ।

प्रशिक्षण कार्यक्रमकाे अन्तमा बाेल्दै गाउँपालिकाका उपाध्यक्ष नृप बहादुर खड्काले नेपाली सेनाले गर्ने याे सचेतना मुलक कार्यक्रममा सहभागी हुन सर्वसाधारण सबैलाई आव्हान गर्नु भयाे ।उहाँले याे कार्यक्रम बाट विपद्का बेला  खाेज उद्दार तथा उपचार कसरी गर्ने भन्ने बारे जानकारी दिइने भएकाले सम्पूर्ण मेल्लेख बासिले अवलोकन गर्न जरुरी रहेकाे बताउनुभयो ।

त्यसका लागि मेल्लेख गाउँपालिकााका सबै वडा टाेलबाट सराेमारवाल सर्वसाधारण शिक्षक विद्यार्थी  ,सामुदायिक बनका पदाधिकारी,लगायतको उपस्थिति हुनका लागि आग्रह गर्नु भएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढाले विपद् बारे सचेतना बिस्तार गरिने निकै महत्त्वपूर्ण कार्य गर्ने लागिएकाे भन्दै नेपाली सेनाकाे प्रसंसा गर्नुभयो उहाले याे प्रशिक्षण तथा कृत्रिम घटना अभ्यासले गाउँपालिका बासिलाइ समेत टेवा पुग्ने बताउनुभयाे ।

मेल्लेख गाउँपालिकाकाे समन्वय र मेल्लेख गाउँपालिकाकाे आधिकारिक न्युज पाेर्टल मेल्लेख खबरकाे  प्रभावकारी सुचना अनुसार   प्रशिक्षण कार्यक्रममा गाउँपालिकाका विभिन्न वडा का वडा अध्यक्षहरु बिषयगत शाखा प्रमुखहरु रेडक्रसकर्मि शिक्षक ,समाजसेवी र अन्य सराेकारवालाशरुकाे उपस्थिति रहेकाे थियोे ।

मेल्लेख गाउँपालिकाका र गाेरख बक्स गणकाे सयुक्त आयाेजनामा सरु भएको याे कार्यक्रम अन्तर्गत मंगलबार गरिने कृत्रिम घटाउन अभ्यासका लागि जनता नमुना प्राबिधिक  माध्यमिक बिद्यालय मेल्लेखमा तयारी भएको छ ।

कृत्रिम घटना अभ्यासका लागि खर बाँस र झारपात प्रयोग गरेर नमुना बस्ती बिस्तार गरिएको छ। भने बिद्यालय नजिकै रहेकाे खाेचमा हाइलाइन रेस्क्युका लागि समेत तयारी गरिएकाे छ ।कृत्रिम घटना अभ्यास मंगलबार मध्यान्ह साढे १२ बजे बाट सुरु हुने छ ।

याे कृत्रिम घटना अभ्यासले हुनसक्ने सम्भावित घटानाकाे कमि र नेपाली सेना र जनता बिचकाे सम्बन्ध प्रगाढ बन्ने छ ।

 

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/