खेलकुद समाचार स्थानीय

मेल्लेखमा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा द्वारा खेलकुद सामाग्री सहयोग

अछामको मेल्लेख गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा द्वारा खेलकुद सामाग्री सहयोग गरेकाे छ ।

महिला बालबालिका शाखाकाे वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सामुदायिक माध्यमिक बिद्यालयमा खेलकुद क्षेत्रमा सहयोग पुगाेस भन्ने उदेश्यले खेलकुद सामाग्री हस्तान्तरण गरेकाे महिला तथा बालबालिका शाखा प्रमुख सावित्री खड्काले बतउनु भएकाे छ।

सामग्री शाखा द्वारा वडा कार्यालय मार्फत बिद्यालयमा हस्तान्तरण हुने गरि प्रत्येक वडामा खेलकुद सामग्री पठाएको शाखा प्रमुख खड्काले बताए ।

खेलकुद सामग्री किशोर ,किशोरी ,महिला पुरुषहरुका लागि छुट्टाछुट्टै सामाग्री हस्तान्तरण गरेकाे छ ।

जसमा ज्याब्लिन थ्राे ,सटपुट ,भलिबल (निकाशा),पम्प ,एनटिना ,भलिबल जाली,(नेट),लाइन जज झन्डा ,हाइजम्प वार सेट, ५० मिटर फित्ता ,भलिबल स्काेर बाेर्ड लगायतका सामग्री हस्तान्तरण गरेकाे जनाएको छ ।

महिला बालबालिका शाखा द्वारा यश अघि पनि विपन्न परिवार का बालबालिका सहयोग पुग्ने हेतुले शैक्षिक सामग्री सहयोग र शाखाको पहलमा गरिब ,टुहुरा बालबालिकालाई अर्थिक सहयोग गरिएको महिला तथा बालबालिका शाखा प्रमुख सावित्री खड्काले जानकारी दिएकि छन ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/