असार १५ मेल्लेख
अछामको मेल्लेख गाउँपालिकामा मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मेल्लेखले २२ औं राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ ।
कार्यक्रममा संस्थाका सदस्यहरुलाई आफ्नो पैसा व्यवस्थापन सम्बन्धि आवश्यक ज्ञान र सीप आम्दानीको स्राेत कसरी बढाउने, भविष्यको लागि बचत र लगानी गरेर दिगो जीवन निर्बाह सम्बन्धि जानकारी गराएको थियोे ।
साेहि कार्यक्रममा ८ जना उत्कृष्ट सदस्यहरूलाई खादा लगाएर सम्मान सहित गरिएको थियो । शाखा प्रमुख दीपक बहादुर शाहीकाे अध्याक्ष्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।
संस्थाले बिकट समुदायको आवश्यकतालाई मध्यनजर गर्दै समस्या आईपर्दा आवश्यक लगानी र वित्तीय पहुँचमा सेवा प्रवाह गर्दै आइरहेको छ ।
संस्थाले आगामी दिनमा पनि वित्तीय साक्षरता लगायत अन्य कार्यक्रम प्रभावकारी रुपमा संचालन गरिने जनाएको छ ।
कार्यक्रममा महोन कुमार गिरि लगायत ७० जना सदस्य हरुकाे सहभागिता रहेकाे थियो ।



