चैत २८ मेल्लेख
अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ६ षाेडशादेवीमा वडा स्तरीय बालमैत्री स्थानीय शासन मुल समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
बालमैत्री स्थानीय शासन वडा समिति संयोजक तथा वडा अध्यक्ष तिलक बहादुर कडायतकाे अध्यक्ष्यतामा बैठक सम्पन्न भएको हाे ।
बैठकमा वडा समितिले बालमैत्री स्थानीय शासन घोषणाको लागि तोकिएका ५१ वटा सुचकको आधारमा टोल बस्ति स्तरमा घरधुरी सर्बेक्षण गरेको यथार्त रिपोर्ट प्रतुत गरेको थियो ।
यस्तै हाल सम्म विभिन्न टोलमा बन्न बाँकी रहेका १८ वटा शौचालय निर्माण गरि सक्नको लागि १० दिनको समय सहित को सूचना जारी गरेको छ । साथै सो बैठकबाट वडाले यही बैशाख १० गते भित्र सम्पूर्ण सुचक सहितका दस्ताबेज व्यवस्थापन र प्रमाणीकरण गरिसक्ने र बैशाख १५ गते भित्र पालिकाबाट अनुगमन गराउने ,बैशाख २० गते भित्र जिल्ला को अन्तिम अनुगमन सहित जेठ पहिलो साता मा वडा घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । छलफलका विषय र हाल सम्मको कामको प्रगति विवरण आस्था नेपालका सामाजीक परिचालक तित बहादुर बि क ले गर्नु भएको थियो भने सहजीकरण कार्यक्रम अधिकृत तपेन्द्र ठकुल्ला ले गर्नु भएको छ ।वडा घोषणाको महा अभियान मा संस्थागत रुपमा सक्दो सहयोग गर्ने कुरा आस्था नेपालका कार्यक्रम संयोजक गणेश प्रसाद बोहराले जनाउनु भएको छ। बैठक समापनमा बोल्दै वडा अध्यक्ष तिलक बहादुर कडायले -;२०८३ भित्रै बालमैत्री पालिका घोषणा गर्ने पालिकाको महान लक्ष्य बमोजिम यस वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा अभियानमा समन्वय ,सहकार्य र सहयोग गर्नको लागि वडा तथा पालिका बासी मा अपिल गर्नु भएको छ।।
बैठकमा स्थानीय जनप्रतिनिधि , निवर्तमान जनप्रतिनिधि ,राजनिती दलका प्रमुख प्रतिनिधि , शिक्षा प्रेमी बुद्धिजीवी , वडा सचीव स्वास्थ्यकर्मी लगायतका सरोकारवाला को उपस्थित रहेकाे थियोे ।
बैठकको सञ्चालन सामाजिक परिचालक मोतिकला रावले गर्नु भएको थियो ।



