वडा नं. ६ वडा नं. ७

मेल्लेखमा  वाक नेपाल  द्वरा गरिएका  क्रियाकलापहरुकाे अनुगमन

चैैत्र ८

मेल्लेख :  अछाम जिल्लाकाे मेल्लेख गाउँपालिकामा वल्र्ड भिजन इन्टरनेशनल नेपाल सहयोगमा र वाक नेपालकाे  सयुक्त साझेदारीमा  संचालित एकीकृत  उत्थानशिल  जिबिकाेपार्जन तथा पाेषण परियोजना  अन्तर्गत  वडा न. ६ र ७ मा यस अघि संस्था द्वरा सहयोग गरेका   विभिन्न क्रियाकलापकाे  स्थलगत  अनुगमन  गरिएको छ । 

 वाक नेपाल  कार्य  समिति उपाध्यक्ष अप्सरा कुवरकाे नेतृत्वमा   वडा न .६ काे षाेडशादेवी र वडा नम्बर ७ काे नन्देगडा लगायतका विभिन्न ठाउँमा स्थलगत अनुगमन गरिएको  हाे ।

 वाक नेपाल  द्वरा मेल्लेख गाउपालिका काे वडा हरुमा  अति जाेखिम र विपन्न परिवारहरुलाई  व्यावसायमा पुनःस्थापन बन्न का लागि हाेटल तथा नास्ता पसल ,खुद्रा पसल ,बाख्रा पालन ,कुखुरा , पालन, भैंसी पालन  दूध डेरि , फर्निचर चेन्स मिसेन ,सिलाईकटाई मेसिन ,महिला हरुकाे कार्यबाेज घटाउने उदेश्यले मिनि टिलर ( हाते टेक्टर) धान गहुँ बताउने पंखा , मकै पाेकडने मेसिन , जिबिकाेपार्जन नयाँ प्रविधि प्रयोग  गर्नाका लागि जलवायु मैत्रि कृषक पाठशाला पनि संचालन गरेका छन । प्लास्टिक टनेल ,कृषि  खेती,  युवा ,महिला बालबालिका लक्षित  कार्यक्रम  बिद्यालय बिद्यालय पाेषण अर्गानिक तरकारी उत्पादन समुह सहकारी मार्फत  व्यावसाय लागि संस्था बाट सहयोग हुदै आएको छ ।

 यसरी  विपन्न परिवार अपांगता भएका व्याक्ति, एकल महिला टुहुरा बालबालिका लाई राहत  हुनेगरि छनाेट गरि बाख्रापालन लगायत अन्य व्यावसायका लागि  सहयोग पाएपछि स्थानीय  लाभग्राही हरु निकै खुसि भएका छन ।  मेल्लेख वडा नम्बर ६ कि अमृता टमट्टाले भने आफुलाई  वाक नेपाल द्वरा ५ वटा बाख्रा  सहयोग गरेकाे अहिले ४५ वटा बाख्रा भएका छन ,घर खर्च र छाेरा छाेरी पढाउनु सहज भएको अनुगमन टाेलिलाई उनले बताइन्  वाक नेपाल काे सहयोगमा बाख्रा पालन व्यावसाय गरियाे छाेरालाई प्राबिधिक पढाउन समेत सहयोग पुगेको  भन्दै  खुसि व्याक्त गरेकी छन।

अनुगमन टाेलिमा वाक नेपाल कार्यसमिति  समिति सदस्य उषा शाह सामाजिक परिचालक दिपिका ओड लगायतको  सहभागिता रहेको थियाे ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/