समाचार

मेल्लेखमा विपद् सिकाई सम्मेलन तथा केन्द्र स्थापना

असार १३ मेल्लेख
अछामको मेल्लेख गाउँपालिकामा विपद् सकाई सम्मेलन तथा विपद् सिकाई केन्द्रकाे स्थापना गरिएको छ। विपद् सिकाई केन्द्र मेल्लेख ४ कुुस्काेटकाे बासुकी माध्यमिक बिद्यालयमा स्थापना गरिएको हाे।
बासुकी माध्यमिक बिद्यालयकाे आयाेजना मेल्लेख गाउँपालिका
शिक्षा शाखाको समन्वय एवम् नेपाल रेडक्रस साेसाइटी अछाम जिल्ला शाखा द्वारा संचालित सुरक्षित नेपाल परियोजनाकाे प्राबिधिक सहयोगमा सम्मेलनकाे आयाेजना गरिएको थियो ।
मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काको अध्यक्षयतामा भएको सम्मेलनका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद रहेका थिए ।
बासुकी जुनियर रेडक्रस सर्कल सदस्य चिरन साउदकाे स्वागत मनतव्य बाट सुरु भएको सम्मेलनमा कार्यक्रम उदेश्य बारे नेपाल रेडक्रस साेसाईटी द्वारा संचालित सुरक्षित परियोजना अधिकृत कमला राईले जानकारी गराउनु भएको थियो ।
सम्मेलनमा शिक्षा शाखा प्रमुख, पालिका विपद् जोखिम न्युनिकरण सम्पर्क ब्यक्ती, परियोजना लागू भएका वडाका अध्यक्षहरु, बिद्यालयका प्रधानाध्यापकहरु, बिद्यालय ब्यबस्थापन समिती, बिद्यालय बिपद ब्यबस्थापन समिती, शिक्षकहरु, जुनियर रेडक्रस सर्कल, सामजिक परिचालकहरुको उपस्थिती रहेको थियो । सम्मेलनमा विपद् सम्बन्धी बिद्यालयमा भएका गतिबिधी एवम् सिकाइ आदान प्रधान, बिद्यालय सुधार योजनामा भएका बिपद जोखिम न्युनिकरण सम्बन्धी गतिबिधी बारे छलफल तथा अन्तरक्रिया भएको थियो ।
साथै सम्मेल पश्चात् बासुकी माविमा परियोजनाको सहयोगमा स्थापित बिपद सिकाइ केन्द्रको समुधघाटन तथा अवलोकन पनि गरिएकाे सुरक्षित परियोजनाका बिपद न्युनिकरण सहायक प्रकाश श्रेष्ठले जानकारी दिनुभएको छ ।

लाल ब. चदारा
सूचना प्रविधि केन्द्र (समाचार दाता)