भदौ १३, अछाम
अछामको मेल्लेख गाउँपालिकामा आर्थिक वर्ष २०८१/०८२ को विषयगत शाखाहरुको वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाअन्तर्गतका शाखा प्रमुखहरूले विगत वर्षमा सम्पन्न कार्य तथा प्राप्त उपलब्धिहरू प्रस्तुत गरेका थिए।
अध्यक्ष साउदले कार्यक्रम बाेल्दै भन्नुभयो –
“गाउँपालिकाले जनताको विश्वास जित्ने गरी छिटो, सहज र पारदर्शी सेवा दिनुपर्छ। विगत वर्षमा प्रशंसनीय काम भए पनि अझ नयाँ सोच र सुधारसहित अघि बढ्न आवश्यक रहेको बताएका छन ।
उहाँले सबै जनप्रतिनिधि कर्मचारीले सुशासन सामाजिक न्याय र समृद्धिका लागि उत्तरदायी भएर लाग्नुपर्ने बताए ।
साथै पालिकाकाे स्व मुल्यांकन र कार्यसम्पादन प्रभावकारी रुपमा कार्यनयन गर्न पनि निर्देशन दिनु भयाे ।
यस्तै वडा अध्यक्षकाे तर्फबाट बाेल्दै वडा नम्बर ४ का वडा अध्यक्ष चन्द्र बहादुर साउदले यस्ता समिक्षा वार्षिक नभई प्रत्येक चाैमाषिक रुपामा हुनुपर्ने बताएका छन ।
आगामी दिनमा सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन, शाखागत कामलाई जनमैत्री बनाउन र विकासका प्राथमिकतालाई जोड दिन विभिन्न सुझावसहित छलफल भएको थियो।
समीक्षा कार्यक्रममा मेल्लेख गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत संगिता ताम्राकारले कार्यक्रमको उद्देश्यबारे जानकारी दिनुभएको थियो भने सञ्चालन स्टोर शाखा प्रमुख नमराज शाहीले गर्नुभएको थियो।
समिक्षा कार्यक्रममा स्थानीय जनप्रतिनिधि विषयगत शाखा प्रमुखको सहभागीता रहेकाे थियो ।



