चैत २९ मेल्लेख
अछामको मेल्लेख गाउँपालिकामा याेजना विकास सम्बन्धि ५ दिने तालिम सुक्रवार ५ नम्बर वडा कार्यलयकाे हलमा सम्पन्न भएको छ ।
मेल्लेख गाउँपालिकाकाे समन्वय वल्र्ड भिजन इन्टरनेशनलकाे सहयोग वाक नेपालकाे एकिकृत उत्थानशिल जिविकाे पार्जन तथा पाेषण परियोजना अन्तर्गत व्यावसाय याेजना विकास तालिम सम्पन्न भएको हाे ।
तालिम वल्र्ड भिजनकाे सहयोग वाक नेपाल द्वारा संचालित परियोजना बाट मेल्लेखका विपन्न परिवारकाे जिबन स्तर माथि उठाउन र सहयोग गरेका व्यावसायीहरुलाई आधुनिक प्रबिधि मैत्री सीप र व्यावसायबाट आत्मनिर्भर बनाई उनिहरुकाे दिगो व्यवस्थापन सफल उद्यमी बनाउने उदेश्यले तालिमको आयाेजना गरिएको थियाे ।
तालिममा व्यावसायिक याेजना निर्माण ,सफल व्यावसायि बन्न,उचित बजारिकरण आवश्यक ज्ञान सीप र लक्ष अनुसारको उपलब्धि हासिल गर्न तालिम महत्त्वपूर्ण रहेको थियो ।
मेल्लेख गाउँपालिका वडा नम्बर ५ का कार्यवाहक अध्यक्ष नैयन सिह साउद काे अध्यक्ष्यतामा तालिम समापन कार्यक्रमका प्रमुख अतिथि वाक नेपाल कार्यसमिति उपाध्यक्ष अप्सरा कुवर रहेका थिए । उहाले तालिम समापनमा बाेल्दै वल्र्ड भिजन वाक नेपालकाे साझेदार परियोजना द्वारा संचालित व्यावसायिक क्रियाकलाप बाट समुदाय रुपान्तरणमा महत्त्वपूर्ण भुमिका खेलेको भन्दै ,यसकाे दिगोपनका लागि मुल्यांकन र थप अनुगमनमा स्थानीय सरकारले ध्यान दिनुपर्ने कुरामा जाेड दिनुभएकाे छ । तालिममा सहभागीकाे तर्फबाट बाेल्दै दिलप सुनार ईसरा धामीले तालिममा सिकेको कुरा आफुमा मात्र सिमित नभई गाउँ समुदायका अन्य व्याक्तिहरुलाई पनि आफुले सिकेका कुरा सिकाउदै कार्यनयन गर्नुपर्ने बताएका छन ।
५ दिन सम्म संचालन भएको तालिमको सहजिकरण सहजकर्ता कबिता साउदले गरेका थिए ।
तालिम समापनमा वाक नेपाल कार्यसमिति सदस्य उषा शाह परियोजना सयाेजक लक्ष्मीभक्त जाेसि सामाजिक परिचालक कविता साउद लगायत विभिन्न पेशा व्यावसायमा संलग्न १९ जनाएको सहभागिता रहेकाे थियाे । तालिम समापनकाे संचालन वाक नेपाल सामाजिक परिचालक रमेश भुलले गरेका थिए ।



