समाचार

मेल्लेखमा शैक्षिक सुधार का लागि अतिरिक्त क्रियाकलाप संचालन

मेल्लेख गाउँपालिका वडा न.५ बिन्धेवासनिले आधारभुत तहका बालबालिकाहरुकाे लागि अतिरिक्त क्रियाकलाप संचालन गरेकाे छ ।

आधारभुत तहका बालबालिकाहरुकाे शैक्षिक अबस्था सुधार का लागि वडा न.बिन्धेवासिन वडा कार्यलय काे अायाेजनामा अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरीजवाफ प्रतियोगिता काे आयाेजना गरिएको थियो ।

मेल्लेख गाउपालिका वडा न. ५ का वडा अध्यक्ष प्रकाश अधिकारीकाे अध्यक्षता मा भएकाे हाजिरी जवाफ प्रतियोगिता सम्पन्न कार्यक्रम का प्रमुख अतिथि पालिका उपाध्यक्ष नृप बहादुर खड्का रहनु भएका थिए ।
खड्काले बाेल्दै बालबालिका काे शिकाई उपलब्धि हासिल गर्न बिद्यालयमा अतिरिक्त क्रियाकलाप अनिवार्य हुनुपर्ने बताएका छन । बालबालिका काे चाैतर्फि बिकास काे लागि अतिरिक्त क्रियाकलाप मा पनि बिशेश ध्यान दिनुपर्ने बताएका छन । विशिष्ट अतिथि मेल्लेख गाउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडक धामी रहेका थिए । बिन्धेवासनि का ६ वटा आधारभुत बिद्यालय र एउटा बाेर्डिङ गरि ७ वटा बिद्यालय काे सहभागिता रहेकाे थियाे ।जस्मा प्रथम खापर इङलिस बाेर्डिङ स्कुल द्वितीय खापर आधारभुत बिद्यालय चाैखुटे
तृतीय घट्टेडाडा आधारभुत बिद्यालय सरानि भएका छन
हाजिरी जवाफ प्रतियोगिता मा राजनितिक दलका प्रतिनिधि प्रत्येक बिद्यालय का प्रधानध्यापक काे उपस्थिति रहेकाे थियाे । जनता नमुना मा बि का प्रधानध्यापक नृप बि क काे स्वागत मनतब्य बाट सुरु भएको प्रतियोगिता काे संचालन वडा सचिव जगत बि क ले गर्नु भएकाे थियो ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/