समाचार

मेल्लेखमा सरकारी निकाय र सराेकारवालाहरु संगकाे समन्वयात्मक बैठक सम्पन्न

असार २८ मेल्लेख
अछामको मेल्लेख गाउँपालिकामा सरकारी निकाय र सराेकारवालाहरु संगकाे समन्वयात्मक बैठक सुक्रबार  सम्पन्न भएकाे छ ।
राष्ट्रिय एच आई भि तथा एडस महासंघ नेपाल सि एल एम परियाेजना काे आयाेजना तथा मेल्लेख गाउँपालिका र वाक नेपालीको समन्वय /सहकार्यमा बैठक सम्पन्न भएको हाे ।
मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काकाे अध्यक्षयतामा भएको बैठकका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद रहनु भएका थिए ।
बैठकमा एचआईभी सम्बन्धि सेवाहरुकाे गुणस्तरमा सुधार  गरि ,संक्रमितहरुकाे जीवन गुणस्तरमा सुधार ल्याउने , उपचार हेरचाह सहयोगमा पहुच बृद्धि गर्ने बिषयमा छलफल गरिएको थियो । एच आइ भि संक्रमितकाे हालकाे अबस्था र आगामी गर्नुपर्ने सहयोग काे लागि पनि व्यापक छलफल भएको छ।
बैठकमा मेल्लेख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढा ८ वटै वडाका वडा अध्यक्ष हरु बिषयगत शाखा प्रमुख लगायतको सहभागी रहेकाे बैठकाे सहजिकरण परियाेजना संयाेजक याेगेन्द्र ओली र सि एल एम परियाेजना संयाेजक सीता भण्डारीले गरेका थिए ,
हाल मेल्लेखमा २१ जना एचआईभी संक्रमित रहेका छन ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/