चैत १० मेल्लेख
अछामको मेल्लेख गाउँपालिकामा सहजकर्ताहरुलाई पालिकामा सम्मान तथा पहिचान कार्यक्रम सम्पन्न भएको छ।
वर्ल्ड भिजनको साझेदारीमा वाक नेपालले संचालन गरेको एकीकृत उत्थानशिल जीविकोपार्जन तथा पोषण परियोजना अन्तर्गत सहजकर्ताहरुलाई आइतबार सम्मान गरिएको हो।
परियोजनाअन्तर्गत विभिन्न चार वटा शिर्षकमा कृषी पाठशाला संचालन भएको परियोजना अधिकृत यज्ञराज खनालले जानकारि दिए।
कार्यक्रममा मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वालासिंह साउदले तालिम प्राप्त सहजकर्ताहरुलाई सिकेको सीप ब्यवहारमा लागू गर्न सुझाब दिए। परियोजनाअन्तर्गत २९ जना सहजकर्ताको सम्मान गरिएको छ। सो अवसरमा सहजकर्ताहरुले आफूले सिकेका सीप र अनुभव सुनाएका थिए।
वाक नेपालका कार्यवहाक अध्यक्ष अप्सरा कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ४ का वडाअध्ययक्ष चन्द्र बहादुर साउँदले मन्तब्य राखेका थिए।
कार्यक्रमकाे संचालन वाक नेपाल सामाजिक परिचालक भुपेन्द्र भण्डारीले गरेका थिए।



