प्रविधि समाचार

मेल्लेखमा सूचना प्रविधि सम्बन्धि ३ दिने तालिम सम्पन्न

चैत २६ मेल्लेख

अछामको मेल्लेख गाउँपालिकामा सुूचना प्रबिधि सम्बन्धि तीन दिने तालिम आज सम्पन्न भएको छ ।

स्थानीय सरकार बाट हुने काम काज सेवा प्रबाहमा डिजिटल माध्यम बाट बिधुतिय सुशासन कायम गर्न र छिटो छरितो प्रबिधि मार्फत सेवा प्रभावकारी बनाउने उदेश्यले तालिमको आयाेजना गरिएकाे थियो ।
वडामा कार्यरत कर्मचारी काे क्षमता अभिवृद्धि गर्दै सामुयिक सिकाइ ,मार्फत आवश्यक ज्ञान सीप प्रबिधिकाे प्रयाेगात्मक अभ्यास समेत गरिकाे थियो ।
पालिकालाई कागज रहित र प्रबिधि मैत्री पालिका बनाउन सवै काम काज स्पटाेयर मार्फत गरिने प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटाले जानकारी गराउनु भएको थियो ।

तालिम नवप्रर्वद्वन साझेदारी काेष काे सहयोग र मेल्लेख गाउँपालिका सुचना प्रबिधि केन्द्र काे साझेदारीमा संचालन गरिएको थियाे ।
मेल्लेख गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटाकाे अध्याक्षतामा सम्पन्न भएको तालिम समापन का प्रमुख अतिथि मेल्लेख गाउपालिका समाजिक बिकाश सयाेजक तथा कार्यवाहक अध्यक्ष प्रकाश अधिकारी रहनु भएका थिए ।

अधिकारीले मेल्लेख गाउपालिका सुचना प्रबिधि काे हिसाबले फरक पहिचान रहेकाे भन्दै, प्रबिधि बाट हुने काम काज प्रभावकारी रहेकाे बिधुतिय सेवा प्रवाह थप बलियो बनाएर लैजाने उहाको भनाइ रहेकाे थियो ।
तालिममा सहभागी काे तर्फबाट बाेल्दै वडा न. ३ का वडा सचिव नरेन्द्र शाहले ,अहिले काे युग प्रबिधिका हिसाबले निकै अघि बढिरहेको भन्दै प्रबिधि सम्बन्धि ज्ञान सबैमा हुनुपर्ने बताए । तालिममा  सिकेका कुरा सबैले कार्यनयनमा ल्याउनु पर्ने मा पनि जाेड दिए । तालिम निकै उपयोगी रहेको उहाँको भनाइ थियोे ।
तालिम  समापनकाे संचालन सुचना अधिकारी नमराज शाहीले गर्नु भएको थियाे । तालिमको  सहजिकरण सुचना प्रबिधि अधिकृत चन्द्र प्रकाश साउद, बिक्रम बाेहरा , गाेकुल कुवरले गरेका थिए ।
तालिममा  मेल्लेखका वडा सचिब वडा सहायक कर्मचारी गरि २० जनाएको सहभागीता रहेकाे थियो ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/