माघ १४ मेल्लेख
अछामको मेल्लेख गाउँपालिकामा सेवा प्रवाह तथा सुशासनको वर्तमान अवस्था र सुशासनको लागि हामी सबैको भुमिका सम्बन्धि स्थानीय जनप्रतिनिधि र कर्मचारी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम मेल्लेख गाउँपालिका सुशासन तथा संस्थागत विकास समितिको आयोजनामा साेमबार सम्पन्न भएको हाे ।
सुशासन तथा संस्थागत विकास समिति का अध्यक्ष कुसलराज बुढाकाे अध्यक्ष्यातामा भएको कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद रहनुभएका थिए ।
अन्तरक्रिया कार्यक्रममा पालिकामा यश अघि सुशासनको क्षेत्रमा भए गरेका कामकाे समिक्षा तथा सुशासनकै क्षेत्रमा आगामी गर्नुपर्ने क्रियाकलाप बारे व्यापक छलफल गरिएको थियोे ।
यस्तै अन्तरक्रिया कार्यक्रममा स्थानीय जनप्रतिनिधि र कर्मचारी बिच सम्बन्ध , समन्वय प्रगाढ गर्दै पालिका बाट प्रदान गरिने सेवा प्रवाह गुणस्तरीय र थप सेवा प्रभावकारी बनाउने बिषयमा सुझाव , सल्लाह समेत संकलन गरिएको थियोे । सुशासनको पाटाेलाई बलियो बनाउन सबैको भुमिका महत्त्वपूर्ण ,जिम्मेवार भएर लाग्नुपर्ने मा सहभागी सराेकारवालाले जाेड दिनुभएको थियाे
कार्यक्रममा मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृप बहादुर खड्का निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढा ८ वटै वाडका वडा अध्यक्ष कार्यपालिका सदस्य ,मेल्लेख गाउँपालिका सम्पूर्ण शाखाका शाखा प्रमुख,वडा सचिव ,स्वास्थ्य इन्चार्ज हरुकाे सहभागिता रहेकाे थियोे । प्रशासकीय अधिकृत संगिता ताम्राकारले सहजिकरण गरेकाे कार्यक्रमककाे संचालन प्रशासन सहायक नमराज बहादुर शाहीले गर्नु भएको थियाे।



