समाचार

मेल्लेखमा स्थानीय बजार अनुगमन

चाडवाड नजिकिँदै गर्दा  मेल्लेखमा स्थानीय बजार अनुगमनलाई स्थानीय सरकारले  तीव्र बनाएको छ।

 चाडपर्वलाई लक्षित गर्दै मेल्लेख गाउँपालिकाले मेल्लेख र चाैखुट्टे बजारमा रहेका पसलको आज  अनुगमन गरेको छ।

चाडपर्व नजिकिँदै गर्दा खाद्यान्नको मूल्य बढाउने र  अखाद्य तथा   म्याद नागेका सामना कृत्रिम अभाव देखाउने जस्ता समस्या  भएकाले अनुगमनलाई प्राथामिकतामा राखेको मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिं साउदले बताउनुभएकाे छ। उहाँले  भने, ‘उपभोक्तालाई कालोबाजरीबाट मुक्त गर्न ठूला खाद्यन्न  पसलको समेत अनुगमन गरिएको जनाउनु भएको छ । आजै मेल्लेख र चाैखुट्टे बजारमा  म्याद सकिएको पेय पदार्थ  मसाला ,र अन्य सामना बरामद गरी नष्ट गरिएको छ ।

 अझै पसल अगाडि मूल्यसूची नराखेको केहि पसल दर्ता नभएको  एउटै वस्तुको मूल्य पनि पसलैपिच्छे केहि फरक भेटिएको, प्रशासकीय अधिकृत संगिता ताम्राकारले बताएकी छन।

अनुगमनमा मेल्लेख गाउपालिका स्थानीय जनप्रतिनिधि बिषयगत शाखा प्रमुख  मेल्लेख प्रहरी चाैकि, पत्रकार ,स्थानीय सराेकारवालकाे सहभागिता रहेकाे थियो  ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/