स्थानीय

मेल्लेखमा स्थानीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न

जेठ २३ मेल्लेख

अछामको मेल्लेख गाउँपालिका स्थानीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ।

बैठकमा विपद् पूर्वतयारी, व्यवस्थापन तथा सम्भावित जोखिम न्यूनीकरणका विषयमा विस्तृत छलफल गरिएको थियो।

बैठकमा विशेषगरी हालको वर्षा र बाढीको सम्भावित प्रभावका बारेमा सचेतना अभिवृद्धि गर्ने, उच्च जोखिम क्षेत्रहरूमा राहत तथा उद्धार टोली तयारी अवस्थामा राख्ने, सुरक्षित स्थानहरू पहिचान गर्ने र सञ्चार संयन्त्र सुदृढ गर्ने विषयमा निर्णय गरिएको छ।

समितिले आगामी दिनहरूमा जोखिम न्यूनीकरणका उपायहरू कार्यान्वयन गर्न, सामुदायिक सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न र पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

अन्य बर्षकाे तुलनामा याे बर्ष बढी पानी पर्ने आकलन अनुरुप अछामकाे मेल्लेख गाउँपालिकाले विपद पुर्व तयारी थालेकाे हाे ।

गाउँपालिका स्तरीय विपद व्यवस्थापन समिति मार्फत पालिकाकाे अति जाेखिम युक्त स्थान पहिचान गरि हुन सक्ने जाेखिम न्युनिकरण गर्न विपद व्यवस्थापन केन्द्र स्थापना गर्ने निर्णय गरिएको छ ।

गाउँपालिकाकाे सबै सडक सुचारु राख्न पहल थाल्ने, विपद न्युनिकरण र उद्वारकाे लागि तालिम र सचेतना जगाउने कार्यक्रम थाल्ने गाउपालिका अध्यक्ष ज्वालासिंह साउदले बताउनुभयाे ।

बैठकमा विपद् व्यवस्थापन समितिका पदाधिकारी विपद् सराेकारवालाकाे सहभागिता रहेकाे थियो ।

मनसुन नजिकीदै गर्दा मेल्लेख गाउँपालिका पुर्व तयारीमा ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/