स्थानीय स्वास्थ्य

मेल्लेखमा स्वास्थ्य संस्था मर्मत सम्भार याेजना हस्तान्तरण कार्यक्रम सम्पन्न

मंसिर २४ मेल्लेख

अछामको मेल्लेखमा स्वास्थ्य संस्था मर्मत सम्भार याेजना हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

मेल्लेख गाउँपालिकाकाे समन्वय तथा वाक नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपाल काे साझेदारी तथा सहयोगमा सेवा(SEWA) परियोजनाकाे अन्तर्गत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा मर्मत सम्भार याेजना हस्तान्तरण कार्यक्रम मेल्लेख गाउँपालिका सभा हलमा सम्पन्न भएको हाे  ।परियोजनाले विशेषगरी वडा न.३ र ४ काे बर्थिङ सेन्टर स्वास्थ्य संस्था सुधार  स्वस्थ्य क्षेत्र  तथा सरसफाइ र बर्थिङ सेन्टर व्यवस्थापनमा प्रभावकारी सेवा र आवश्यक सामाग्री सहयोग पग्ने गरि  गरेकाे कामकाे  उपलब्धि सहित हाल सम्म गरेका कामकाे जानकारी गराएको थियाे।

परियोजनाले कुस्काेटकाे कुयाडा बर्थिङ सेन्टर र ठाटिकाे दर्वा बर्थिङ सेन्टर लाई  नमुनाकाे रुपमा सेवा प्रवाहमा सहयोग पुग्ने गरि एउटा स्वास्थ्य संस्थालाई १२ लाख भन्दा बढिकाे स्वास्थ्य सामाग्री तथा मर्मत सम्भारका लागि  काम गरेकाे थियोे ।

परियोजना अन्तर्गतको कार्यक्रम सम्पन्न पश्चात् आज मेल्लेख गाउँपालिकालाई स्वास्थ्य सेवा केन्द्र निर्माण तथा मर्मत सम्भार पुस्तिका समेत हस्तान्तरण गरिएको छ ।

वाक नेपाल कार्यसमिति काेषाध्यक्ष छत्रमान ताम्राकार अध्यक्ष्यतामा भएको कार्यक्रमका प्रमुख अतिथि  गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद रहेका थिए। प्रमुख अतिथि साउदले छाेटाे समयमा बर्थिङ सेन्टर र स्वास्थ्य संस्था सुधारमा राम्रो काम गरेकाे भन्दै परियोजनालाई धन्यवाद दिएका छन ।

कार्यक्रममा मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्का विशिष्ट अतिथि रहेका थिए ।कार्यक्रममा  मेल्लेख गाउँपालिका  निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढा, बिषयगत शाखा प्रमुख  स्वास्थ्य ईन्चार्ज ,लगायतको सहभागीता रहेकाे  कार्यक्रममा वाक नेपाल परियाेजना सयाेंजक अनु बस्नेतले कार्यक्रमकाे उदेश्य बारे जानकारी गराउनु भएको थियोे ।  सहजिकरण तथा संचालन  परियाेजना अधिकृत केशवराज जाेस ले गरेका थिए

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/