स्वास्थ्य

मेल्लेखमा संचालन भएकाे २ दिने नि:शुल्क आँखा शिविरबाट १५६ जनाले लिए सेवा २५ जनाकाे सल्यक्रिया

जेठ १८ मेल्लेख

अछामको मेल्लेख गाउँपालिकामा २ दिने नि: शुल्क आँखा शिविर कार्यक्रमकाे आज उद्घाटन गरिएको छ ।

जनशिखा क्याम्पस मेल्लेख चाैखुट्टेमा संचालन हुनलागेको शिवीर ,मेल्लेख गाउँपालिका सामाजिक विकास सयाेंजक तथा वडा न. ५ का वडा अध्यक्ष प्रकाश अधिकारी काे अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम का प्रमुख अतिथि मेल्लेख गाउँ पालिका उपाध्यक्ष नृप बहादुर खड्का रहनु भएको थिए ।

खड्काले प्रमुख अतिथिकाे आसनमा बाेल्दै दुर्गम ठाउँ का वयोवृद्ध,आँखाकाे समस्या भाेगिरहनु भएका नागरिक हरुकालागि घरदैलोमै सेवा दिने उदेश्यले शिविरकाे आयाेजना गरिएको बताएका छन ।
यस्तै शिविरमा गेटा आँखा अस्पतालका डाक्टर तथा नेत्र विशेषज्ञ लिनु रायमाझीले दुर्गममा ठाउँमा पुगेर सेवा दिन पाउदा खुसी व्यक्त गर्दै आँखा काे समस्या भएका व्यक्तिले सेवा लिन छुट्नु नहुने बताए ,आँखा संम्वेदनशिल अंग भएकोले सबैले चेकजाँच तथा उपचार साथै यश अघि छनाेट भएका हरुकाे शल्यक्रिया गर्न पनि आग्रह गर्नु भएको छ ।

शिविर नेपाल नेत्र जाेति संघ गेटा आँखा अस्पताल धनगढी कैलालीकाे प्राबिधिक सहयोग र मेल्लेख गाउपालिका काे समन्वय तथा आयाेजनामा शिविर संचालन गरिएको थियाे ।

शिविर मा आँखा स्वास्थ चेक जाच तथा उपचार ,चस्मा वितरण र यश अघि छनाेटमा परेकाकाे अप्रेसन /शल्यक्रिया समेत भैरहेको छ ।
शिविर उद्घाटन कार्यक्रम वडा न.७ का वडा अध्यक्ष प्रेमबहादुर महर , वडा सदस्य राधिका राेकाय प्राविधिक शाखा प्रमुख तथा , इन्जिनियर खडक धामी  सुचना प्रबिधि अधिकृत चन्दप्रकाश साउद ,जनशिखा क्याम्पस प्रमुख भिम बहादुर बुढा गेटा आँखा अस्पतालका प्राविधिक लगायतको सहभागिता रहेकाे थियाे।
निमित्त प्रमुख प्रशासकीय अधिकृत संगिता ताम्राकारकाे स्वागत मनतव्य बाट सुरु भएको शिविर उद्घाटन कार्यक्रम संचालन मेल्लेख स्वास्थ्य शाखा सहायक बिरेन्द्र शाहले गर्नु भएको थियोे । शिविर जेठ १९ गते सम्म संचालन हुने जनाएको छ । आज पहिलो दिन १५६ जनाले सेवा लिएका छन २५ जनाकाे आँखाकाे सल्यक्रिया गरेकाे छन ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/