प्रविधि

मेल्लेखमा ३५ वटा आधारभुत बिद्यालय लाई इन्टरनेट हस्तान्तरण

भाद्र ११ अछामको मेल्लेख गाउपालिका अन्तर्गतका ३५ वटा अाधारभुत बिद्यालय लाई इन्टरनेट हस्तान्तरण गरेकाे छ । मेल्लेख गाउपालिका काे समन्वय नेपाल दुरसचार प्राधिकरण मार्फत ग्रामीण दुरसचार विकास काेष र शांग्रिला इन्फरमेटिक्स प्रालिको प्रबिधिक सहयोगमा ७३ हजार ९ सय बराबरको सामाग्री हस्तान्तरण गरिएको बताएको छ ।
सामुदायिक अाभारभुत बिद्यालय मा मार्फत कार्यसम्पादन तथा प्रबिधि बाट सेवा प्रबाह गर्न र बालबालिकालाई प्रबिधि ज्ञान संग जाेडेर शैक्षिक गुणस्तर राम्रो बनाउन इन्टरनेट हस्तान्तरण गरिएकाे मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिं साउदले बताएका छन । उहाले बालबालिका काे प्रबिधि ज्ञान सीप अभिबृदि गर्न इन्टरनेट काे व्यवस्था गरिएको अध्यक्ष साउदले बताए ।यस्तै हस्तान्तरण कार्यक्रममा मेल्लेख गाउपालिकाका प्रमुख प्रशासकीय
अधिकृत धुर्ब प्रसाद सापकोटा ले अहिले काे युग प्रबिधि मैत्र र प्रविधि संग जाेडेर शैक्षिक ज्ञान दिनुपर्ने भएको ले,सबै चिज बस्तुकाे प्रयाेग गरेर राम्रो विद्यार्थी उत्पादन गर्ने मुख्य काम शिक्षक काे रहेकाे बताएका छन । साे इन्टरनेट हस्तान्तरण कार्यक्रम काे संचालन मेल्लेख सुचाना प्रबिधि अधिकृत चन्द्रप्रकाश साउदले गर्नु भएकाे थियाे ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/