समाचार

मेल्लेखकाे वडा न. ७ नन्देगडालाई एक बर्ष भित्रै बाल मैत्री वडा घाेषणा गर्ने सराेकारवाला काे प्रतिबद्धता

अछामकाे मेल्लेख गाउँपालिका वडा न. ७ नन्देगडा लाई १ बर्ष भित्रै बाल मत्री वडा घाेषणा गर्ने नन्देगडाका सराेकारवालाले प्रतिबद्धता जनाएका छन
बुधबार बसेकाे बालमैत्री स्थानीय शासन समिति काे बैठकले यस्ताे निर्णय सहित प्रतिबद्धता जनाएका हुन
बालमैत्री स्थानीय शासन समिति सयाेजक दल बहादुर साउदकाे अध्यक्षतामा भएकाे बैठकमा प्रमुख अतिथि वडा अध्यक्ष प्रेम बहादुर महर रहनु भएका थिए । बैठक वडा कार्यलय काे समन्वय तथा आयाेजना र आस्था नेपाल वल्र्ड भिजन काे सहयोग र सहजिकरणमा भएकाे हाे ।
बैठक मा वडालाई बालमैत्री स्थानीय शासन वडा घाेषणा काे लागि अभियान कै रुपमा अगाडि बढाउने ५१ वटा सुचक पुरा गर्न ५ वटा क्षेत्रगत उपसमिति पनि गठन गरेकाे छ । साथै बाल मैत्री स्थानीय शासन का सुचक स्थानीय करण गर्ने लगायतका निर्णय पनि गरिएकाे छ ।बैठकमा अस्था नेपाल का जिल्ला सयौंजक रुपक चन्द कार्यक्रम अधिकृत तपेन्द्र ठकुल्ला फिल्ड अधिकृत भ्वान सिह सार्की संस्था का सामाजिक परिचालक, स्थानीय जनप्रतिनिधि राजनितिक दल का प्रतिनिधि ,स्थानीय सराेकारवालाकाे सहभागिता रहेकाे थियाे ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/