समाचार

मेल्लेख गाउँपालिकाकाे १५औं  गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्

माघ २१ मेल्लेख

अछामको मेल्लेख गाउँपालिकाकाे १५ औं गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ ।

विभिन्न प्रस्तावहरू पारित गर्दै १५ औं गाउँ सभा साेमबार सम्पन्न भएको हो ।

मेल्लेख गाउँपालिकाका  अध्यक्ष ज्वाला सिं साउदकाे अध्यक्ष्यतामा भएकाे गाउँसभा सुभारम्बमा ६ महिना काे अबधिमा भएकाे कामकाे सार्वजनिक  गरिनुुका साथै

मेल्लेख गाउँपालिका  अन्तर्गत बिभिन्न  बिषयगत समितिका सयाेंजकहरुले २०८० /८१ काे प्रगति प्रतिवेदन समेत पेस गरेका थिए ।

बिषयगत समितिले पेश गरेकाे प्रतिवेदन पछि सभा सदस्य हरुले सुझाव तथा जिज्ञासा  राखेका थिए ।

सभा सदस्यहरुले राखेको जिज्ञासा पछि ।प्रश्नको जवाफ दिदै ।अध्यक्ष साउदले मेल्लेख गाउपालिका मा गरेकाे बिकाश काे लागि जनताले नै मुल्यक गर्ने बताए ।आवश्यकताकाे आधारमा बजेटकाे  व्यवस्था गरि काम काम भएको भन्दै  समृद्ध पालिका बानउन, शिक्षा, स्वास्थ्य, सडक,कृष पर्यटन ,लक्षित बर्ग बालबालिकाहरु लाई पहिलाे प्राथमिकता मा राख्दै अन्य बिकास का  ठुला आयाेजनाकाे काम केही सम्पन्न भइसकेका र किहि सम्पन्न हुने क्रममा रहेका पनि बताएका  छन ।

मेल्लेख गाउपालिका हरेक कृयाकलाप बाट जनता काे इच्छा आकांक्षा  पूरा  हुने गरि काम गरेकाे बताए  ।

यस्तै मेल्लेख गाउँपालिका उपाध्यक्ष एवं न्यायिक तथा अनुगमन  समितिका संयोजक नृप बहादुर खड्काले स्रोत अनुगमन  तथा बजेट निर्धारण समितिले तयार पारेकाे प्रतिवेदन पेस गर्दै , उहाले भने गाउँपालिकामा सुशासन कायम गर्दै प्रयाप्त  बजेटकाे दायरा बढाउनु का साथै  राजश्व बढाउनु पर्नेमा जाेड दिनु भएकाे थियाे । यस्तै सामाजिक कुरति का बिरुद्ध थप अभियान संचालन गर्नु पर्ने ,न्यायिक समितिकाे काम लाई जिम्मेवारी पुर्वक लैजान सबैले सहयोग गर्नुपर्ने पनि बताएका छन । साथै अनुगमन काे पाटाे थप प्रभावकारी  बनाईने पनि बताएका छन।

मेल्लेख गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढाले आर्थिक वर्ष २०८०/०८१ को महालेखा परीक्षणको प्रतिवेदनमा देखिएका  कागजात नमिलेको, बेरुजूलाई पेस गर्नुभएको थियो ।

साथै उहाँले  ६ महिनाकाे अबधि   सम्ममा  अर्ध बार्षिक रुपामा भए गरेका काम  प्रशासनिक गतिविधि प्रगतिकाे  बिबरण सार्वजनिक गर्नु भएकाे थियाे । यस्तै याे बर्षकाे बजेटमा चालु तर्फ ४२ प्रतिशत र पुजिगत तर्फ २५ प्रतिशत खर्च भएको आर्थिक आय व्याय समेत सभामा पेश गर्नु भएको थियो ।

यसैगरी सभामा हालसम्म बनेका नियमावली, कार्यविधि तथा योजनाहरु, संसोधन र रकामान्तरका साथै विभिन्न ऐन नियम पारित, अनुमोदनका लागि पेस गरिएको थिए ।

जसमध्ये मेल्लेख गाउँपालिका राेजगार रणनीति २०८१/०८२ देखि २०८६/०८७

कृषि तथा पशु अनुदान वितरण कार्यविधि २०८१

मेल्लेख गाउँपालिका खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धि व्यवस्था गर्न बनेकाे ऐन २०८१ लगायतका ऐन कार्यविधि  पेश गरि पारित गरिएको थियो

प्रस्तुत गरिएका सबै प्रस्तावहरू गाउँ सभाबाट स्वीकृत भएको जनाएकाे छ ।

हालसम्मको कार्य प्रगतिलाई अनुमोदन गर्दै अन्य समसामयिक प्रस्ताव उपर छलफल गरी स्वीकृत गरेको मेल्लेख गाउँपालिकाले जनाएको छ ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/