समाचार

मेल्लेख गाउँपालिका अध्यक्षले गरे अपांग मैत्री स्कुटर सहयोग

मंसिर १० गते  मेल्लेख गाउँपालिका अछामका अध्यक्ष ज्वाला सिं साउदले   आफूले पाउने एक वर्षको तलब सेवा  सुविधा बाट  अपांग मैत्री चार पांग्रे स्कुटर सहयोग हुने गरि आईतवार  हस्तान्तरण गर्नु भएको छ । कानुन अनुसार गाउँपालिका अध्यक्षले प्राप्त गर्ने तलब सुविधा बापतको रकम बाट मेल्लेख  गाउँपालिका वडा न.४ कुस्काेट खाडाका स्थानीय नृप साउद लाई २ लाख ५० हजार बराबरको स्कुटर सहयोग  गर्नुभएको हो ।

अपांग भएका साउद २०७६ भदौ १३ गते वडा न ७ नन्देगडा बजार नजिक जिब दुर्घटनामा परि गंभिर घाइते भइ लामाे समयकाे उपचार पछि  घर फर्केका थिए ।

२४ बर्षिय युवा अशक्त साउदकाे दुईवटा खुट्टा नचल्ने भएको अबस्थामा हातले चलाउन मिल्ले चार पांग्रे स्कुटर सहयोग गरेकाे  अध्यक्ष साउदले जानकारी  गराउन भएको छ । यसरी मेल्लेख  गाउँपालिका अध्यक्ष साउद  द्वारा स्कुटर सहयोग गरेपछि आफू मन लागेकाे ठाउँ जान सक्ने  र राेजगार समेत हुने भएपछि  आफू निकै खुसि भएको अशक्त नृप साउद बताएका छन ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/