समाचार

मेल्लेख गाउँपालिका मा विपद् व्यवस्थापन सम्बन्धि दुई दिने तालिम सम्पन्न

साउन ८ अछामको मेल्लेख गाउँपालिकामा दुई दिने विपद् व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ । तालिममा विपद् जाेखिम न्युनिकरण तथा व्यवस्थापनमा स्थानीय तहले विपद् का लागि हाल सम्म गरेका प्रयास आगामी दिनमा गर्नुपर्ने क्रियाकलाप बारे जानकारी र स्थानीय तहका जनप्रतिनिधिको क्षेमता अभिवृद्धि लगायत , निति नियम काे तयारी के कसरी भैरहेको छ । भन्ने विषयमा छलफल गरिएको थियाे। यस्तै विपद् व्यवस्थापन लाई विकास याेजना मा मुलप्रवाहिकरण गर्ने ,आपतकालीन खाेज तथा उद्वार राहत काे उचित व्यवस्थापन गर्ने बारे पनि छलफल भएको छ । विपद् का लागि याेजना तर्जुमा ,पुर्ब तयारी ,जाेखिम क्षेत्र नक्साकन ,खुल्ला क्षेत्र काे पहिचान ,वडा स्तरीय विपद् व्यवस्थापन समिति क्रियासिल बनाउने,स्थानीय तहमा विपद् काेेष संचालन कार्याबिधि तयार गरिने लगायत १० बुधे विपद् व्यवस्थापन सम्बन्धि घाषणा पत्र समेत जारि गरेकाे छ । तालिम मेल्लेख गाउपालिका उपाध्यक्ष नृपबहादुर खड्का काे अध्यक्ष्ातामा सम्पन्न भएकाे हाे तालिममा स्थानीय जनप्रतिनिधि र बिषयगत शाखा प्रमुख हरुकाे सहभागिता रहकाे थियाे ।तालिमको सहजिकरण लुथरन विश्व फेडरेसन का खेमराज भट्टराईले गर्नु भएकाे भएकाे थियाे ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/