मेल्लेख गाउँपालिका सामुदायिक बिद्यालयकाे शैक्षिक गुणस्तर सुधार गर्न सराेकारवाला बिच अन्तरक्रिया
शिक्षा

मेल्लेख गाउँपालिका सामुदायिक बिद्यालयकाे शैक्षिक गुणस्तर सुधार गर्न सराेकारवाला बिच अन्तरक्रिया

असार ११ मेल्लेख
मेल्लेखकाे  शिक्षामा विगत वर्तमानको अवस्था र व्यवस्था अबको अवस्था र भविष्यको बाटोबारे छलफल

मेल्लेख, अछाम — मेल्लेख गाउँपालिकामा सामुदायिक बिद्यालयकाे शैक्षिक गुणस्तर थप सुधार गर्न सराेकारवाला बिच  अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएको छ ।
कार्यक्रममा मेल्लेख क्षेत्रको शिक्षा क्षेत्रमा संस्थागत सुशासन, विगत, वर्तमान अवस्था र भविष्यको बाटो तथा  शिक्षाका साझा सवाल बारे गहिरो छलफल गरिएको छ।

शिक्षा क्षेत्रमा देखिएका समस्याहरूको पहिचान गर्दै हालको व्यवस्थाको समीक्षा  र आगामी दिनमा थप सुधार र विकासका सम्भावनाहरूको खोजी गर्ने उदेश्यले अन्तरक्रिया कार्यक्रम काे आयाेजना गरिएको  थियो।
सरोकारवालाहरूले विद्यालयमा शिक्षण सिकाइको गुणस्तर, विद्यार्थीको उपस्थिति, शैक्षिक क्रियाकलापकाे अभाव, अभिभावकहरूको भूमिकाबारे समेत  छलफल गरेका थिए।
साथै, बालबालिकामा प्राविधिक शिक्षाको पहुँच, सूचना प्रविधिको प्रयोग, र विद्यालयमा सिकाइ–केन्द्रित वातावरण निर्माण गर्ने उपायहरूबारे पनि सुझावहरू प्रस्तुत गरिएका थिए।

मेल्लेख गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा सामाजिक विकास सयाेंजक  चन्द्र बहादुर साउदकाे अध्यक्ष्यतामा भएको कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद रहेका थिए।
कार्यक्रममा बोल्दै, गाउँपालिकाका अध्यक्षले भने, “शिक्षा कुनै एक निकायको जिम्मेवारी होइन, सबै पक्षको समान सहभागिताबाट मात्रै गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सकिन्छ।”उहाँले बताए । शिक्षामा लगानी अनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताउदै आगामी दिनमा आफ्नो कार्ययोजना सहित अघि बढनु पर्नेमा जाेडदिनुभयाे ।
यस्तै विशिष्ट अतिथि मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काले शैक्षिक गुणस्तर वृद्धिका लागि सबै पक्ष जिम्मेवारपुर्ण
भएर एक मतका साथ लाग्नुपर्ने बताए । शिक्षामा लगानीको अभाव नरहेकाे भन्दै इच्छाशक्तिका साथ काम गर्न आग्रह गर्नु भएको छ ।
कार्यक्रममा  स्थानीय जनप्रतिनिधि , राजनीतिक दलका प्रमुख प्रतिनिधि , बिद्यालय व्यवस्थापन समिति अध्यक्ष विभिन्न विद्यालयका प्रधानध्यापक  प्रतिनिधिहरू, शिक्षक, विद्यार्थी, तथा शिक्षा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
सहभागीहरूले मेल्लेखको शिक्षा क्षेत्रले अघिल्लो केही वर्षमा गरेको प्रगति तथा अझै बाँकी रहेका चुनौतीहरूबारे खुलेर चर्चा गरेका थिए।
कार्यक्रमको समापनमा उपस्थित सरोकारवालाहरूले शिक्षा क्षेत्रमा दीर्घकालीन सुधारका लागि योजनाबद्ध रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
मेल्लेख गाउँपालिका शिक्षा शाखाकाे आयाेजनामा अन्तक्रिर्या कार्यक्रम गरिएको थियो ।
शिक्षा शाखा  प्राविधिक सहायक रामा पाेख्रेलकाे स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रमकाे संचालन  तथा सहजिकरण शिक्षा अधिकृत बिरेन्द्र बहादुर खड्काले गर्नु भएको थियो ।

लाल ब. चदारा
सूचना प्रविधि केन्द्र (समाचार दाता)