समाचार

मेल्लेख गाउँ  कार्यपालिका सदस्यले  पाउने १ महिनाकाे सेवा सुबिधा बाट निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने

फागुन ३ मेल्लेख
अछामको मेल्लेख गाउँपालिका गाउँ कार्यपालिका सदस्य हरुले १ महिना बराबरको अफुले पाउने सेवा सुबिधा बाट  मेल्लेख गाउँपालिका अन्तर्गतका ८ वटै वडामा निशुल्क एकीकृत  स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । जनताकै घरदैलोमा स्वास्थ्य सेवा दिने उदेश्यले मेल्लेख आधारभुत अस्पतालका मेडिकल अधिकृत एवम्  एम बि बिएस डाक्टर सहित, स्वास्थ्यकर्मीकाे टाेलि द्वारा मेल्लेखकाे  वडा बाट उपचारको लागि टाढा जान नसक्ने बिरामीको लागि प्रत्येक वडामा निशुल्क एकिकृत स्वास्थ्य शिविर संचालन गर्न लागिएको मेल्लेख गाउँपालिकाका प्रबक्ता प्रकाश बहादुर अधिकारीले जानकारी दुनु भएको छ ।
यस्तै  बिहीबार बसेकाे गाउँकार्यपालिका बैठकले यहि फागुन १२ गते गाउँ सभा गर्ने ,निर्णय पनि गरेकाे छ ।
यसैगरी साँफेबगर नगरपालिका वडा न.१ बैधनाथक्षेत्रमा यहि फागुन १० गते देखि २५ गते सम्म अयाेजना गरिने
काेटिहाेमकाे लागि मेल्लेख गाउँपालिकाले  ३ लाख सहयोग गर्ने जनाएको छ । बैठक मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदकाे  अध्यक्ष्यतामा सम्पन्न भएकाे हाे ।उपाध्यक्ष नृप बहादुर खड्का लगायत कार्यपालिका सदस्यहरु उपस्थिति रहेकाे बैठकको संचालन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढाले गर्नुभएको थियाे ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/