वडा नं. ७ शिक्षा

मेल्लेख गा.पा अध्यक्ष ज्वाला सिं साउदद्वारा वार्षिक परीक्षा अनुगमन

फाल्गुण २६ मेल्लेख

अछाम मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले गाउँपालिकाभित्रका विभिन्न विद्यालयहरूको वार्षिक परीक्षाको अनुगमन गरेका छन्।

साेमबार दुर्गादेवि मावि र जानकी आ.बि नन्देगडामा अनुगमन गरेका थिए ।

अनुगमनको क्रममा अध्यक्ष साउदले परीक्षा सञ्चालनका बारेमा जानकारी लिँदै विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थीहरूसँग संवाद गरे। उनले परीक्षा निष्पक्ष, मर्यादित तथा सुचारु रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै विद्यार्थीहरूलाई आत्मविश्वासका साथ परीक्षा दिन प्रेरित गरे।

विद्यालय प्रशासनका अनुसार, अध्यक्ष साउदको अनुगमनले परीक्षामा अनुशासन कायम राख्न र विद्यार्थीहरूलाई सकारात्मक प्रभाव पार्न मद्दत पुगेको छ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/