समाचार

मेल्लेख प्रहरी चाैकीअबैध मधिरा नियन्त्रणमा सक्रियता

साउन २४ मेल्लेख प्रहरी चाैकिले अबैध मधिरा नियन्त्रणमा सक्रियता बढाएको छ । मंगलबार प्रहरी सहायक निरक्षक दान सिह धामी काे नेतृत्वमा खटिएको टाेली द्वारा मेल्लेख नन्देगडा जिराे प्वाइन्टमा सवारी साधन चेक जाच काे क्रममा अछामकाे साँफेबगर बाट मेल्लेख गाउँपालिका वडा न.६ शाेडषामा अबैध मधिरा जिबमा लैजादै गरेकाे अबस्थामा १५ पेटि ओरेन्ज नामक कमसल खाले मधिरा र २० लिटर घरेलु मधिरा बरामद गरि स्थानीय जनप्रतिनिधिकाे राेहभरमा नस्ट गरेकाे छ । मेल्लेख प्रहरी चाैकिले आज पनि  मेल्लेखकाे विभिन्न स्थानमा १० लिटर  घरेलु मधिरा र ४० लिटर  मधिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ समेत बरामद गरि नष्ट गरेकाे प्रहरी चाैकि मल्लेखले जनाएको छ ।मदिराकै कारण समाजमा विभिन्न किसिमका अपराधिक घटना निम्त्याउने गरेको भन्दै मदिरा र लागु औसत नियन्त्रण  अभियानलाई आफूले निरन्तर राख्ने पनि  बताएको  छ ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/