समाचार

मेल्लेख मा साैर्य उर्जा उत्पादन काे लागि भाैगाेलिक अध्यन ।

असार ३०

अछामको मेल्लेख गाउपालिका मा साेलार बाट १० मेगावाट साैर्य उर्जा उत्पादनमा गर्न अाज एक टाेलि द्वारा भाैगाेलिक स्थलगत अध्यन तथा सर्बेक्षण गरेकाे छ ।मेल्लेख काे वडा न. ४ कुस्काेटकाे मुसिराैन ,बड्डासैन फुलचडाउने मा रहेकाे अाबश्यक २५० राेपनि जग्गा त्याहाँलका स्थानीयले उपलब्ध गाराउने भएपछि अाज भाैगाेलिक सर्बेक्षण गरेकाे हाे। मेल्लख गाउपालिका काे समन्वय ,सहकार्य र इस्काई बिलिउ टेकनाेलाेजि नेटवर्क एल. टि. डि. नेपालकाे प्राबिधिक तथा अार्थिक सहयोगमा साे परियाजनाकाे सर्बे गर्ने कार्य समेत सुरु गरिएकाे छ ।

मेल्लेख गाउपालिका अध्यक्ष ज्वालासिंह साउद काे नेतृत्वमा गएकाे प्राबिधिक सहितको टाेलिलि ले उक्त ठाउँ उपयुक्त रहेकाे पनि निष्कर्ष निकालेका छन ।टाेलिमा स्काई बिलिउ टेकनाेलाेजि नेटवर्क एल. टि. डि. नेपालका डाइरेक्टर सेलिना बस्नेत बाजुरा बुढिगंगा नगरपालिका निवर्तमान मेयर दिपक बिक्रम शाह मेल्लेख गाउपालिका वडा न . १ का वडा अध्यक्ष दिल बहादुर धामि वडा न . २ का वडा अध्यक्ष कुसलराज बुढा ,वडा न ४ का वडा अध्यक्ष चन्द्रबहादुर साउद नेकपा माअाेवादी केन्द्र का मेल्लेख ईन्चार्ज भिम बहादुर बुढा (सुवास ) घट्टेडाड अा. बि का प्र. अ .ध्वज बहादुर खडका लगायत इलाेक्टनिक प्राबिधिक सहित काे सहभागिता रहेकाे थियाे ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/