समाचार

मेल्लेखमा स्थानीय बालअधिकार समितिकाे बैठक सम्पन्न

जेठ २३ मेल्लेख
अछामको मेल्लेख गाउपालिका मा स्थानीय बालअधिकार समिति काे मासिक बैठक सम्पन्न भएकाे छ । मेल्लेख गाउँपालिका बाल अधिकार समितिकाे आयाेजना आस्था नेपालकाे साझेदारी वल्र्ड भिजन इन्टरनेशनल नेपालकाे सहयोगमा बैठक सम्पन्न भएकाे हाे ।
मेल्लेख गाउँपालिका कार्यवाहक अध्यक्ष प्रकाश अधिकारी काे अध्यक्षतामा भएको बैठकमा पालिकाकाे समन्वय र वल्र्ड भिजन ईन्टरनेश्नलकाे साझेदारी आस्था नेपालकाे सहयोगमा मेल्लेख गाउँपालिका अन्तर्गतका वडाहरुमा संचालन भैरहेको रुपान्तरण कक्षा प्रभावकारी रहेकाे भन्दै साे कक्षालाई थप निरन्तरता दिने निर्णय गरेकाे छ। यस्तै बालबालिकाकाे हितकाे लागि , मेल्लेखमा रहेकाे बाल काेषमा आस्था नेपाल बाट हुने सहयोग रु ५० हजार अनाथ बालबालिकाकाे लागि सहयोग गरिने , बालबालिकाकाे क्षेत्रमा रकम विनियोजनकाे लागि गाउँकार्यपालिकाकाे बैठकमा बालबालिकाकाे कार्ययोजना सहित बजेट माग गर्ने र मेल्लेखमा बाल मैत्री स्थानीय शासन वडा घाेषणाकाे अभियानलाई सहयोग पुग्ने गरि बाल मैत्री स्थानीय शासन सम्बन्धि जानकार भएको लाई व्यक्तिलाई बाल मैत्री स्थानीय शासन सम्पर्क व्यक्ति ताेक्ने लगायतका निर्णय गरेका छन ।बैठकमा मेल्लेखका वडा अध्यक्षहरु स्थानीय बाल अधिकार समितिका पदाधिकारीहरु सहभागिता रहेकाे बैठकको संचालन तथा सहजिकरण आस्था नेपालका बाल संरक्षण अधिकृत तथा स्थानीय बाल अधिकार समिति सदस्य भ्वान सिह सार्की ले गर्नु भएको थियो ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/