अछामका मेल्लेख गाउँपालिका वडा नम्बर ३ का कृषकहरुलाई कृषि सामाग्री सहयोग गरिएको छ ।
वडा नम्बर ३ ठाँटीकाे समन्वयमा वल्र्ड भिजन वाक नेपालकाे सयुक्त साझेदारीमा संचालित एकीकृत उत्थानसशिल जिबिकाेपार्जन तथा पाेषण परियाेजना अन्तर्गत कृषि सामग्री सहयोग गरिएको हाे ।
जस्मा ५३ जनालाई र्याक र २०जना लाई हाते स्पेयर हस्तान्तरण गरिएको छ ।
उक्त सामग्रीले महिलाहरूको कार्यबोज घटाउने, थोरै समयमा धेरै काम सहज तरिकाले गर्न सकिने छ ।
सामग्री सहयोग तथा हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष नाैले रावल वडा सचिव नरेन्द्र शाह वाक नेपाल कार्यक्रम अधिकृ लक्ष्मी भक्त जोशी र वाक नेपालका सामाजिक परिचलाक भूपेन्द्र भण्डारी कविता साउद लगायतको सहभागी थिए



