बैशाख १९
अछामको मेल्लेख वडा नम्बर ५ बिन्धेवासिनिमा पोषणमैत्री स्थानीय शासन सम्बन्धि ५ दिने तालिम सम्पन्न भएको छ ।
वाक नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सयुक्त साझेदारीमा संचालित एकिकृत उत्थानशिल जिबिकोपार्जन तथा पोषण परियोजनाकाे प्राबिधिक सहयोग र वडा नम्बर ५ काे आयाेजनामा तालिम सम्पन्न भएको हाे।
तालिममा पाेषणमैत्री स्थानिय शासन कार्यान्वयनका लागी आवश्यक ज्ञान सीप अभिबृद्धि गरी वडालाई पोषणमैत्री स्थानिय शासन घोषणा प्रकृयाबारे जानकारी गराइएको छ।
यस्तै पोषणमैत्री स्थानीय शासन सम्बन्धित बिभिन्न सुचकहरु र यसलाई कार्यान्वयन गर्ने टुलहरुको बारेमा छलफल गरिएको थियोे ।
साथै बहुक्षेत्रिय पोषणको अवधारणा तथा यसका बिषयगत क्षेत्रको भूमिको संरचना र कृयाकलापबारे पनि जानकारी गराइएको छ।
वडालाई पोषणमैत्री स्थानिय शासन घोषणाका लागी सहभागीतात्मक कार्यायोजना निर्माण गरी कार्यान्वयन गर्ने विषयमा पनि व्यापक छलफल गरिएको छ ।
वडा नम्बर ५ कि वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष लालसरा कुमारी बिककाे अध्यक्ष्यतामा भएको तालिम समापन कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्का रहेका थिए ।
तालिम समापनमा बाेल्दै उपाध्यक्ष खड्काले वडा नम्बर ५ बिन्धेवासिनिलाई पाेषण मैत्री वडा घाेषणाका लागि पालिका बाट पनि आवश्यक सहयोग रहने प्रतिबद्धता जनाएका छन ।
तालिमको सहजिकरण पाेषण विशेषज्ञ तथा प्रशिक्षक नर बहादुर बिश्वोकर्माले गरेका थिए।
तालिम समापनमा वाक नेपालका कार्यसमिति सचिव सुरत बहादुर खड्का परियोजना अधिकृत यज्ञराज खनाल सामाजिक परिचालक रमेश भुल लगायत वडा नम्बर ५ का स्थानीय सराेकारवालकाे सहभागता रहेको तालिम समापनकाे संचालन वडा सचिव लोकेन्द्र साउदले गरेका थिए ।



