समाचार

मेल्लेख वडा न.५ मा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

अछामको मेल्लेख गाउपालिका वडा न. ५ बिन्धेवासनिकाे आयाेजनामा बिजय दशमी तथा दिपावलिकाे शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

वडा न. ५ का वडा अध्यक्ष प्रकाश अधिकारीकाे अध्यक्ष्यतामा भएको कार्यक्रममा एक आपसमा शुभकामना आदानप्रदान गरिएको छ ।  साथै दशै तिहारमा मधिराकाे काराेबार र मधिरा सेवन बाट समस्य हुनेगरेकाे भन्दै, सबैले साैभार्दपुर्ण दैश बनाउन  आ-आफ्नोतर्फबाट सहयोग गर्नुपर्ने वडा अध्यक्ष अधिकारीले  बताउनु भएको छ ।

 साेहि कार्यक्रमकाे अवसरमा  वडा न. ५ का क्षत्र बिकले नेपाल बिधुुत प्राधिकरणमा स्थायी रुपमा नाम निकालि  निजामती सेवामा प्रवेश गरेकाे भन्दै वडा कार्यलयकाे तर्फबाट सम्मान पनि गरेकाे छ ।

शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा माओवाद केन्द्र प्रदेश कमिटी सदस्य वीर बहादुर साउद नेपाली कांग्रेस अछाम क्षेत्र न. १ ख का सभापति पदम खड्का नेकपा एमाले वडा कमिटी अध्यक्ष जाेगि बाेहाेरा ,जनता नमुना तथा प्राबिधिक मा बि का  पुर्व बिद्यालय व्यवस्थापन समिति अध्यक्ष दिर्घ राज खड्का जनता नमुन तथा प्राबिधिक  माध्यमिक बिद्यालयका प्रधानध्यापक नृप बिक भवानी प्रा. बि.का शिक्षक गाेरख खडका दलित प्रतिनिधि लालबहादुर बिक लगायतले शुभकामना मनतव्य राखेका थिए ।

वडा सदस्य चक्र बिक काे स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रम काे संचालन तेज बहादुर साउदले गर्नुभएकाे थियाे ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/