समाचार

मेल्लेख वडा न.५ ले कक्षा ८ र एसईई मा उत्कृष्ट हुने छात्र छात्रालाई नगद पुरुस्कार दिने घाेषणा

मेल्लेख गाउँपालिका वडा न. ५  बिन्धेवासिनिले याे शैक्षिक सत्रमा कक्षा ८ र एस ई ई मा उत्कृष्ट हुने छात्र छात्रालाई नगद पुरुस्कार दिने निर्णय गरेकाे छ
आज बसेकाे वडा समितिकाे बैठकले यस्तो निर्णय गरेकाे हाे ।
विद्यालयमा पहुँच,उच्च  शिक्षा हासिल बिद्यालयमा  आकर्षित  गराउने तथा विद्यार्थीको हौसला बढाउने उदेश्य  राख्दै ,वडा न.५ ले कक्षा ८  एसईई परिक्षामा सर्वाधिक अंक ल्याई उतिर्ण हुने छात्र छात्रा लाई कक्षा ८ मा पालिका प्रथम लाई २१ हजार १ सय १ द्वितीय हुनेलाई  १५ हजार १सय १ तृतीय १० हजार १ सय१ नगद  पुरुस्कारकाे व्यवस्था गरिने वडा न. ५ का वडा अध्यक्ष प्रकाश बहादुर अधिकारीले बताएका छन
यस्तै वडा न.५ घटेडाडा आधारभुत बिद्यालय सरानि  र जनता नमुना प्राबिधिक बिधालय मेल्लेखका छात्र छात्रा हरुका लागि एसईई  ५ न.वडा प्रथम लाई ५० हजार १सय १ एस ई ई मा मेल्लेख गाउपालिका प्रथम भए , १लाख १सय १ नगद पुरस्कार प्रदान गरिने वडा अध्यक्ष अधिकारीले जानकारी दिनुभएकाे छ । उक्त नगद पुरुस्कारकाे लागि वडाको स्थायी बासिन्दा हुनुपर्ने जनाएको छ ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/