समाचार

मेल्लेखमा बालबालिकाका लागि अतिरिक्त शैक्षिक क्रियाकलाप  संचालन, राम्रो काम गर्ने शिक्षक कर्मचारीलाई सम्मान

अछामको मेल्लेख गाउँपालिका वडा न.५ बिन्धेवासिनीले आफ्नो वडा अन्तर्गतका आधारभुत तहमा अध्यनरत बालबालिकाहरुका लागि अतिरिक्त शैक्षिक क्रियाकलाप संचालन गरेकाे छ।
वडा न.५ बिन्धेवासिनिमा रहेकाे बिद्यालयकाे समन्वय तथा वडा कार्यालयकाे आयाेजनामा शैक्षिक गुणस्तर वृद्धि र बाह्य ज्ञान हासिल, बालबालिकाकाे व्यात्तित्व विकास, विद्यार्थीको शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक विकास विद्यार्थीमा सामाजिक भावनामा सहयोग, समानुभूतिको भावना विकास सिर्जनशील र रचनात्मक सोचको विकास गर्ने उदेश्यले अतिरिक्त क्रियाकलाप संचालन गरिएको हाे
बुधबार बालबिकाश आधारभुत बिद्यालय जाब्लामा ५ न. वडाका ६ वटा आधारभुत बिद्यालयकाे सहभागितामा नि.बि तहकाे बक्तित्वकला ,दाैड प्रतियोगिता सियो धागो दाैड र कक्षा १-३ काे लागि अनुलेखन लगायतका क्रियाकलाप संचालन गरेका थिए । साेहि क्रममा बिद्यालय मा राम्रोकाम गर्ने ९ जान शिक्षक, बिद्यालय कर्मचारीलाई वडा द्वारा सम्मान पनि गरिएको छ ।
अतिरिक्त क्रियाकलापमा सहभागी प्रथम द्वितीय तृतीय हुने  विद्यार्थीहरुला पुरुस्कार स्वरुप शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
अतिरिक्त शैक्षिक क्रियाकलाप तथा कर्मचारी सम्मान कार्यक्रम वडा न.५ का वडा अध्यक्ष तथा सामाजिक विकास सयाेंजक प्रकाश बहादुर अधिकारीकाे अध्यक्ष्यता र मेल्लेख गाउँपालिका  अध्यक्ष ज्वाला सिं साउद प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा कार्यपालिका सदस्य ललिता कुमारी बिक,मेल्लेख शिक्षा शाखा प्रा.स. रमा  पाेख्रेल, वडा सचिव लाेकेन्द्र साउद  समूह बिद्यालय शिक्षक भिम बहादुर अधिकारी  घट्टेडाडा आधारभुत बिद्यालयका शिक्षिका मिना खड्का लगायतले सुझाव  मनतव्य राखेका थिए ।
बालबिकाश अधारभुत बिद्यालयका शिक्षक दानबहादुर अधिकारीकाे स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रमकाे संचालन खापर अधारभुत बिद्यालयका प्रधानध्यापक नन्द बहादुर खड्काले  गर्नु भएको थियाे ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/