समाचार

मेल्लेख वडा न.६ द्वारा ७५ जना महिलाहरु लाई सम्मान

मेल्लेख गाउँपालिका वडा न.६ षाेडशादेविमा ७५ जना महिला हरुलाई  सम्मान गरेको छ। बुधबार  वडा कार्यालयले लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमको आयोजना गर्दै वडा अन्तर्गतका महिलाहरु महिनावारी भएको बेला सुरक्षित घरमा बस्ने ७५ जना  महिलाहरुलाई  सम्मान गरिएको हो ।

वडा कार्यलयले ,छाउपडि गाेठ नभै  सुरक्षित घरमा बस्ने महिला हरुकाे तथ्यांक संकलन गरि सम्मान गरेकाे वडा अध्यक्ष तिलक कडायतले बताएका छन । अझै पनि महिलाहरु घरमा नबसि बाहिर टाढाको छाउगाेठमा बस्ने चलाउन नहटेकाे भन्दै ,आगामी दिनमा यसको न्युनिकरणका लागि थप कार्यक्रम अगाडि बढाईने  बताएका छन । कार्यक्रम वडा स्तरीय  महिला संजालकि अध्यक्ष धना बाेहरा काे अध्यक्ष्यतमा भएको कार्यक्रमका प्रमुख अतिथि वडा न.६ का वडा अध्यक्ष तिलक कडायत रहेका थिए ।

यस्तै कार्यक्रममा मेल्लेख गाउँपालिका महिला बालबालिका शाखा प्रमुख सावित्री खड्का वडा सदस्य देवसरा रावल नृप खड्का ,पवि लुहार नन्देश्वरि माध्यमिक बिद्यालयका प्रधानध्यपक कुल बहादुर रावल ,षाेडाशा अधारभुत बिद्यालयका प्रधानध्यपक कुल बहादुर खड्का ,आस्था नेपालका फिल्ड अधिकृत भ्वानसिह सार्की लगायतले शुभकामना मनतव्य राखेका थिए । कार्यक्रमको संचालन रचना खत्रीले गरेका थिए ।

यसैगरी लैङ्गकि हिंसा विरुद्धको १६ दिने वडा स्तरको  अभियानमा आस्थाका नेपालकाे पनि सहयोग रहेकाे थियाे । यस्तै लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत वडा न.१ ,२ ,३,४ ,५,७ मा पनि वडा स्तरमा सचेतना कार्यक्रमको अयाेजना गरि सम्पन्न भैसकेको जानकारी प्राप्त भएकाे छ ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/