बैशाख ३१ मेल्लेख
अछामको मेल्लेख गाउँपालिका वडा न.६ षाेडशादेवीलाई बालमैत्री स्थानीय शासन वडा घाेषणा गर्न काे लागि मेल्लेख गाउँपालिका पालिका स्तरकाे एक टाेलि द्वारा बुधबार अनुगमन गरिएकाे छ ।
जेठ महिनाकाे दाेस्राे हप्ता भित्र शाेडषादेवीलाई बालमैत्रि स्थानीय शासन वडा घाेषणा गर्ने अनुगमन टाेलिले निष्कर्ष समेत निकालेकाे छ ।
मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदकाे नेतृत्वमा उपाध्यक्ष तथा बालअधिकार समिति सयाेंजक नृप बहादुर खड्का सहितको टाेलिले बाल मैत्री स्थानीय शासन वडा घाेषणा का लागि हालसम्म गरिएको क्रियाकलाप प्रगति विवरण र बालमैत्री स्थानीय शासनका ५१ सुचकहरु बारे जानकारी लिनुका साथै अवलोकन तथा मुल्यांकन गरिएको छ ।
६ नम्बर वडाको सक्रियता वल्र्ड भिजन इन्टरनेशनल नेपालकाे साझेदारीमा संचालित आस्था नेपालकाे प्राबिधिक सहयोगमा वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घाेषण गर्न लागिएको हाे।
अनुगमन पश्चात् केहि थप अपुग सुचक माथि छलफल गर्दै ,तत्काल सुचक पुरा गरि कार्यनयनमा निरन्तरता दिने बिषयमा पनि छलफल गरिएको छ ।
यसैगरी वडा न. ६ षाेडशाकाे वडा कार्यलयले मेल्लेख गाउँपालिका मार्फत जिल्ला समन्वय समिति लाई अन्तिम अनुगमन का लागि सिफारिस सहित पत्र पठाउन आवश्यक प्रतिबेदन सहित तयार पारेकाे छ ।
अपुग भएको सुचकका लागि पुरा गर्न पालिकालबाट थप सहयोग गर्ने जनाएको छ ।
अनुगमनमा मेल्लेख वडा नम्बर ६ का वडा अध्यक्ष तिलक बहादुर कडायत वडा सदस्य हरु रतन खड्का देवसरा रावल नृप खड्का नन्देश्वरी माविका प्रधानध्यापक पृथ्वी रावल आस्था नेपालका कार्यक्रम अधिकृत तपेन्द्र ठकुल्ला फिल्ड अधिकृत भ्वान सिह सार्की आस्था नेपालका सामाजिक परिचालक तित बहादुर बिक शुनिता कुँवर लागयत सहभागी थिए ।



