समाचार स्थानीय

मेल्लेख वडा न.७ नन्देगडामा बालमैत्री स्थानीय शासन सम्बन्धि २ दिने कार्यशाला सम्पन्न

अछामको मेल्लेख गाउँपालिका वडा न.७ नन्देगडालाई बालमैत्री स्थानीय शासन वडा घाेषणाकाे पर्णरुप दिनकाे लागि सराेकारवाला संग दुई दिने कार्यशाला सम्पन्न भएको छ ।

आस्था नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपालकाे साझेदारीमा संचालित समुदाय संलग्नता तथा एकीकृत बाल संरक्षण परियोजना र वडा बालमैत्री स्थानीय शासन समितिकाे आयाेजनामा कार्यशाला सम्पन्न भएको हाे ।

वडा न.७ लाई ०८१ भित्रै बालमैत्री स्थानीय शासन वडा घाेषणा काे तयारीका लागि बालमैत्री स्थानीय शासनका ५१ वटा सुचकहरु माथि व्यापक छलफल समेत गरि आगामी गर्नुपर्ने क्रियाकलाप सहित कार्ययोजना तयार गरेकाे छ ।

बालमैत्री स्थानीय शासन समिति सयाेजक दल बहादुर साउद काे अध्यक्षतामा भएको कार्यशाला समापन कार्यक्रमका प्रमुख अतिथि वडा न.७ का वडा अध्यक्ष प्रेम बहादुर महर रहनु भएका थिए ।

दुई दिन सम्म संचालन भएको कार्यशालाकाे सहजिकरण आस्था नेपालका कर्यक्रम अधिकृत तपेन्द्र ठकुल्ला,फिल्ड अधिकृत भ्वान सिह सार्की र सामाजिक परिचालक तित बहादुर विश्कर्मा र तपेन्द्र बि क गर्नु भएको थियोे ।
कार्यशालामा नन्देगडाका सम्पूर्ण सराेकारवालाकाे सहभागिता रहेको थियो ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/