समाचार

मेल्लेख ५ मा उपभोक्त समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण गराईयो

मेल्लेख गाउँपालिका वडा न. ५ बिन्धेवासिनिमा उपभोक्त समितिका पदाधिकारीहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ । वडा अध्यक्ष प्रकाश अधिकारीकाे अध्यक्षतामा भएकाे अभिमुखिकरण कार्यक्रममा वडा बाट विनियोजित रकम बराबरको काम काज छिटाे छरितो, पार्दशिता, सुशासन कायम गर्न, कामकाे गुणस्तरीयता र याेजनामा दिगाेपनाका लागि उपभोक्ता समितिलाई जिम्मेवार बनाउने उदेश्यले अभिमुखिकरण कार्यक्रमकाे आयोजना गरिएको हो । 

कार्यक्रममा उपभोक्त समितिकाे काम कर्तव्य अधिकार, काम सम्पन्न पश्चात रकम भुक्तानीका लागि आवश्यक कागजातकाे विषयमा पनि जानकारी गराएको थियोे । यसैगरी वडाका समस्य पहिचान, वडा बाट प्रदान गरिने सेवा प्रवाह, वडामा टाेल फ्रि नम्बर संचालन गर्ने, जनताकाे गुनासो सुनुवाइ कार्यक्रमकाे आयाेजना गरिने, राम्रो काम गर्ने उपभोक्त समितिलाई सम्मान गर्ने लगायतका निर्णय गरिएको छ ।

यस्तै कामकाे मुल्यांकन गर्न वडा न ५ का वडा अध्यक्ष प्रकाश अधिकारी संयाेजक रहने गरि वडा स्थित राजनीति दलका प्रतिनिधि र तथा प्राबिधिक सम्मिलित ९ सदस्यीय वडा स्तरीय अनुगमन समिति पनि गठन गरेकाे छ । कार्यक्रममा कार्यपालिका सदस्य लालसरा कुमारी बिक, वडा सदस्य चक्र बिक, नैन सि साउद, नेकपा माओवादि केन्द्रका वडा कमिटी अध्यक्ष प्रेम बहादुर बाेहरा, नेकपा एमालेका वडा कमिटी अध्यक्ष जाेगि बाेहरा, नेपाली काँग्रेसका वडा सभापति माेति सिह साउद, मेल्लेख गाउँपालिका लेखा प्रमुख सरस बुढा, राेजगार संयाेजक बिक्रम भण्डारी, प्राबिधिक सिद्ध राज अधिकारीऽ वैजन्ति बाेहरा र नरेन्द्र बाेहरा लगायतको उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमकाे संचालन वडा सचिब जगत बिक ले गर्नुभएको थियो । कार्यक्रममा वडा न. ५ का उपभोक्ता समितिका पदाधिकारी हरुकाे सहभागिता रहेकाे थियोे ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/