समाचार

मेल्लेख ७ नन्देगडामा बाल मैत्री स्थानीय शासन समितिकाे टाेल स्तरीय बैठक सम्पन्न

मेल्लेख गाउपालिक वडा न. ७ नन्देगडामा बाल मैत्री स्थानीय शासन  समितिकाे  टाेल स्तरीय बैठक सम्पन्न भएकोमा छ ।

आस्था- नेपाल र वल्डभिजनको सहयोगमा मेल्लेख गाउपालिका -७,नन्देगडाको टोल नं १ मोैभेरीमा टाेल स्तरीय बाल मैत्री स्थानीय शासन समितिको मासिक बैठक सम्पन्न भएको हाे ।
बैठकमा बालविवाह न्यूनीकरण ,छाउपडी कुप्रथाको अन्त्य,मधिरा नियन्त्रण,सरसफाइ र आधारभुत सेवा सुबिधा बारे बैठकमा छलफल गरिएको छ ।मेल्लेख गाउपालिका वडा न. ७ लाई बाल मैत्रि स्थानीय शासन वडा घाेषणा तयारी काे लागि CFLG का ५१ वटा सूचक माथि टाेल स्तरबाट छलफल तथा अन्तरक्रिया कार्यक्रम अगाडिको  बढाएकाे आस्था नेपालका समाजिक परिचालक तित बहादुर बिकले जानकारी दिनुभएको छ ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/