व्यापार समाचार

मेल्लेख-८ मा १ महिने हाेजियारी तालिम

अछाम  जिल्लाको मेल्लेख गाउँपालिका वडा न.८ हतिकाेटमा  एक महिने होजियारी सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ ।
मेल्लेख गाउँपालिकाकाे सहयोग महिला बालबालिका शाखाको आयोजनामा एक महिने होजियारी सम्बन्धी  होजियारी बुनाई तालिम मेल्लेख  गाउँपालिका -८ हतिकाेटमा साेमवार  सम्पन्न भएको हाे ।
स्थानीय महिलालाई जीवनोपयोगी सीप सिकाएर आर्थिक उन्नति गराउँदै आत्मनिर्भर बनाउन तालिम आयोजना गरेको  महिला बालबालिका शाखा प्रमुख सावित्री खड्काले बताइन्  ।
मेल्लेख गाउँपालिकाका वडा नम्बर .८  बाट बुनाई होजियारी सम्बन्धी सीप विकास तालिमका २० जनाको सहभागिता रहेका थिए ।  तालिम वडा न. ८ का वडा अध्यक्ष महेश ठकुल्लाकाे अध्यक्षतामा समापन गरिएको थियाे ।
वडा अध्यक्ष ठकुल्लाले तालिम समापनमा बाेल्दै तालिममा  सिकेका कुराहरूलाई व्यवहारमा लागु गर्नुपर्ने भन्दै , यस्काे निरन्तरता हुनुपर्ने बताए ।
३० दिन सम्मको हातले बुन्ने  होजियारी सम्बन्धी सीप विकास तालिममा  सुइटर,गलबन्दि,टाेपि ,माेचा, लगायतका अन्य उनबाट बन्ने लुगा बनाउन सिकेको प्रशिक्षक सरला थापाले बताएकी छन ।
तालिममा समापनमा स्थानीय जनप्रतिनिधि वडा स्तरीय महिला संजालका पदाधिकारी लागायतकाे सहभागिता रहेकाे थियो ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/